मृत्युदण्डको सजाए पाएका खड्ग बहादुर ५ बर्षको जेल सजायपछि नेपाल फर्किए, विदेशिएका नेपालीहरुलाई दिए यस्तो सन्देश (भिडियो)

मनिषा थापा

पिएनपिखबर : दुबईमा मृत्युदण्डको सजाय पाएका तेह्रथुमका खड्गबहादुर जोगी ५५ महिनाको जेल सजायपछि जिवितै आइतबार नेपाल फर्किएका छन् । हत्याको अभियोगमा मृत्युदण्डको सजाए पाएका उनी बल्ड मनी तिरेपछि जेलबाट छुटेका हुन्। 

मानवताको नाताले दुर्घटनामा परेको एक फिलिपिनीलाई उपचारका लागि अस्पताल पुर्याउँदा आफु परिवन्दमा परी हत्याको आरोपी बन्नु परेको उनको गुनासो छ। उनी भन्छन, ‘दुर्घटनामा परेको फिलिपिनीलाई उठाएर गाडीमा हालेर अस्पताल लगे। मेरो लुगा रगात्तमै थियो। प्रहरी आएर सोधपुछ गरी मलाई गिरफ्तार गर्यो। जति खेर पनि मलाई अनेक यातना दिइन्थ्यो। तर मैले नमारेको हुनाले मैले मारेको हो भन्ने कुरै भएन। यसरी म ५ वर्ष जेलमै बस्न बाध्य थिए।’

उनलाई जिवितै फर्काउन उनको गृह जिल्ला तेह्रथुमबासीले ब्लड मनी संकलन अभियान चलाएका थिए । सोही अभियानका कारण आवश्यक ब्लड करिब ८० लाख रुपैयाँ मनी संकलन भए पछि परराष्ट्र मन्त्रालयमार्फत दुबईमा ब्लड मनी पठाए पछि उनी नेपाल फर्किन पाएका हुन् । नेपाल फर्किए पछि मात्रै आफुले दोस्रो जीवन पाएको महसुस गरेको उनी बताउँछन् ।

धेरै बयानको क्रममा उनलाई त्यहाँको अदालतले दोषी ठहर गरे पछि मृत्युदण्ड सुनाएको थियो । अरबी कानुनमा मृतकका आफन्तले ब्लड मनी स्वीकारेको खण्डमा मृत्युदण्ड माफी पाउने प्रावधान छ । अरबी कानुनमा भएको सोही प्रावधानका कारण मृतकको परिवारले माग गरेको ब्लड मनी बुझाए पछि जीवितै उनी स्वदेश फर्किएका हुन् । उनले जीवितै फर्किने आशा शतप्रतिशत नलिए पनि सत्यको जीतका कारण आफु सकुशल स्वदेश फर्कन सकेको उनको भनाई छ।

जेलमा रहंदा औषधी मिस्याएको खाना खाएको कारण स्वास्थ्यमा केहि समस्या आएको उनी बताउँछन्। उनले रोजगारका लागि विदेशिएका नेपालीहरुलाई सुझाब दिँदै भने, ‘दुर्घटनाको केसमा कोहि दाजुभाई तथा दीदीबहिनीहरु नपर्नु होला, ड्रग्स भेट्टाउनु भयो भने समुन्द्रमा फाल्दिनु नत्र जेलमा बहुला जस्तो भएर बस्नुपर्छ।’

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू