मृत्युलाई जितेर बच्न सफल कृष्ण ओली भन्छन्, ‘उनी नभएको भए शायद…’, रसाए रुपाका आँखा

मनिषा थापा

पिएनपिखबर : रुकुमको सानीभेरी गाउँपालिका-९ मा जन्मिएका कृष्ण ओली एक विद्युत प्राविधिक हुन्। आफुले काम गरेर पैसा कमाई श्रीमतीलाई स्टाफ नर्स बनाउछु भनेर बिजुलीको काम गर्दै आएका कृष्ण ओलीको अहिले दुवै हात र बायाँ खुट्टा छैन्।

२१ वर्षीय कृष्णको अनुहारमा झट्ट हेर्दा निकै स्वस्थ्य देखिन्छन्। तर उनीमाथि ठुलो बज्रपात आईलागेको छ। विद्युत प्राविधिक पढेका उनी दाङ्को तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए। गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्याे।

दाङ्को तुलसीपुर उपमहानगरपालिका–१४ बखरिया भन्ने ठाउँमा ग्राहकलाई विद्युतको लाइन प्रवाह गर्न पोलमा चढेको बेला करेन्ट लागेको उनी बताउँछन्। उनी भन्छन, ‘एउटा पोलमा लाईन काटेर म लाइन विस्तार गर्नको लागि अर्काे पोलमा चढेर करिब–करिब तार जोड्ने काम सकिएको थियो। लाइन काटिएको ठाउँमा एक जना स्थानीय मिल सञ्चालकले विद्युतको लाइन जोडिदिएछन् एक्कासी आएको ११ हजार भोल्टेजको करेन्टले म जमीनमा बजारिए।’ उनलाई विद्युतको झड्काले जमिनमा पछारिएनन् मात्र, करेन्टले मृत्युको मुखमा लगेर छोड्यो।

करेन्ट लागेर उनको शरिरका विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो। त्यहाँबाट उनलाई उपचारको लागि तत्काल नेपाजगन्ज लगिए पनि त्यहाँका कुनै पनि अस्पतालमा उपचार सम्भव भएन्। त्यसपछि उनका आफ्न्तले कृष्णलाई भारतको लखनउमा पुर्याएका थिए। लखनउमा उनको १८ दिनसम्म उपचार भयो। त्यसपछि काठमाडौं ल्याएको थियो। लखनउमा ५० लाख र नेपालका विभिन्न अस्पतालमा गरेर २० लाख गरेर ७० लाख रुपैयाँ खर्च भएको उनकी श्रीमती रुपाले बताइन।

सबैले उनको त्यो बेलाको हालत देखेर उनी बाच्ने छन् भने आश छोडिसकेका थिए तर उनकी श्रीमतीलाई श्रीमान बाच्ने छन् भने पूर्ण आश थियो। उनी अहिले श्रीमानको आठ र हौसला बनेर खडा उत्रिएकी छिन्। उनी रातदिन श्रीमानको सेवामा लागेकी छिन्। उनी भन्छिन, ‘हामी दुवै जानाले नयाँ जीवन पायौ। अब श्रीमानले क्रुकिम हातबाट आफैले खाना खाएको हेर्न चाहन्छु।”

विद्युत प्राविधिक कृष्णले पैसा कमाई श्रीमतीलाई स्टापनर्स बनाउने सपना बुनेर काम गरिरहेका थिए तर अचानक यस्तो दुर्घटना घट्यो। ‘मेरो लागि नै उहाँले काम शुरु गर्नुभएको हो, मलाई स्टापनर्स बनाउको लागि आवश्यक पर्ने पैसा कमाउन जानुभयो। अब म प्रोफेशनल नर्स नभए पनि पर्सनल नर्स बनेर उहाँलाई साथ् र माया बाड्ने छु।’ रुपाले भनिन्।

कृष्णले एक वर्ष पहिले मात्रै विवाह गरेका थिए। उनको त्यो घटना विवाह भएको ठिक वर्ष वितेको दिनमा भएको हो। उनले आफ्ना हात र खुट्टा जोड्नको लागि सबैसँग सहयोगको अपिल गरिरहेका छन्। घरको आर्थिक अवस्था निकै कम्जोर रहेका कृष्णलाई अहिलेसम्म ६० लाख ऋण लागेको छ । आफ्नो उपचारको लागि अझै पनि थुप्रै रुपैयाँ चाहिने रुपाले बताइन।

कृष्णले त्यस घटनालाई भुलाएर आफु अघि बढ्न चाहेको बताए। उनी अब आफ्नो कार्यक्षेत्रको सुपरभाइजर भएर पुन काम गर्ने उनको भावी सोच राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू