मेगी चाउचाउमा हानिकारक सीसा भएको पुष्टि, जान्नुहोस स्वास्थ्यको लागि कति हानिकारक ?

रिता घिसिंग

एजेन्सी : चाउचाउ आफैमा तयारी खानेकुरा हो, जो प्लाष्टिकको प्याकेटमा बन्द भएर आउँछ । यो मैदाजन्य खानेकुरालाई स्वादिलो बनाउन अनेकथरी पदार्थ मिश्रण गरिएको हुन्छ । यसको सेवन कति हानिकारक छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि हामी चाउचाउ खान्छौं । चाउचाउमा हामी कति लिप्त हुँदैछौं भने, देशी-विदेशी चाउचाउले हाम्रो भान्सा भरिभराउ हुनेगर्छ ।

यसै सन्दर्भमा भारतिय उत्पादन म्यागीको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ । पछिल्लो एक रिपोर्टले म्यागी स्वास्थ्यका लागि कति हानिकारक छ भन्ने तथ्य उजागर गरेको छ ।

नेस्ले इन्डियाको यस उत्पादनमा सीसा अर्थात लिड पाइएको छ । अहिले भारतमा उक्त चाउचाउ विरुद्ध कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
त्यहाँको सरकारले नेस्लेमाथि अनुचित र भ्रामक प्रचारको आरोप लगाएर भारु ६ सय ४० करोड रुपैयाँको क्षतिपूर्ति माग गरेको छ ।

म्यागीमा आवश्यक्ताभन्दा बढी सीसाले स्वास्थ्यमा गम्भीर हानी पुर्‍याउँछ । खासगरी बालबालिकाको स्वास्थ्यमा यसको दुष्प्रभाव बढी रहनेछ । यसले मस्तिष्कमा पनि निकै खराब असर पुर्‍याउँछ ।

भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण -एफएसएसएआई)ले जुन, २०१५ मा निश्चित सीमाभन्दा बढी सीसा पाएको कारण लोकप्रिय नुडल्स ब्रान्ड म्यागीमाथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि कम्पनीले आफ्नो उत्पादन बजारबाट फिर्ता लानुपरेको थियो । यद्यपी म्यागीले भने मानकभन्दा बढी सिसा नभएको जिकिर गरेको थियो । त्यसबेला भारतभर म्यागी चाउचाउको विरोध गरिएको थियो । तर, विस्तारै विस्तारै नेस्लले अर्को पटक उपभोक्तामाथि आफ्नो विश्वास जित्दै गयो । अहिले भने कम्पनी स्वयम् स्विकार्न वाध्य भए कि, म्यागीमा आवश्यक्ताभन्दा बढी सिसा छ ।

म्यागीमा कति सिसा ?
म्यागीमा सिसाको मात्रा ० दशमलव ०१ देखि २ दशमलव ५ पीपीएमसम्म हुनुपर्छ । जबकी २०१५ मा म्यागीमा सिसाको मात्रा १७ दशलमव २ पीपीएम पाइएको थियो । यसपछि म्यागीको विक्रीमा प्रतिवन्ध लगाइएको थियो ।

के हुन्छ हानी ?
यो रसायन शरीरका लागि एकदम घातक हुन्छ । यो रसायनले मुख, टाउको, गर्दनमा जलन हुन्छ । रगतको कमि हुन्छ। छालाको एलर्जी हुन्छ । हात-खुट्टाको कमजोरी हुन्छ । टाउको दुख्छ । पेट सम्बन्धी समस्या निम्त्याउँछ । मृगौलामा गंभिर असर गर्छ । बच्चाको विकासमा अवरोध पुर्याउँछ । अपचको समस्या हुन्छ । खासगरी बच्चा र गर्भवतीका लागि यो निकै घातक हुन्छ ।

प्रतिक्रिया