मेरो हिरो अशोक नै हो : मोडल बसुकला मैनाली (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ‘चौरीको चाम्रो छुर्पी’बाट चर्चामा आएकी मोडल बसुकला मैनालीलाई अहिले अन्तवार्ता दिन भ्याईनभ्याई छ। बाल गायक अशोक दर्जीको ‘चौरीको चाम्रो छुर्पी’मा मैनालीले नित्य गरेकी थिइन् ।’ यस गीत पछि उनलाई धेरै नै म्युजिक भिडियोको अफर आइरहेको छ।

बसुकलालाई सानै देखि नृत्य गर्न निकै मनपर्थ्यी। भविष्यमा अभिनेत्री बन्ने सपना रहेको बसुकला फिल्म विषय मै स्नातक तहको प्रथम वर्षमा अध्धयन गर्दै छिन्। उनी आफै नृत्य गर्ने देखि अरुलाई पनि सिकाउने गर्छिन। उनले स्टेजप्रोग्राममा गरेको नृत्यलाई टंक बुढाथोकीले मनपराए र उनले नै अवसर प्रदान गरेको मैनाली बताउँछिन्।

उनको हसिलो मुहार र गतिलो नृत्यले पनि सबैको मन जितेको छ । उनलाई अशोक दर्जीको अठार वर्षिया हिरोईन पनि भन्न थालिएको छ । उनी भन्छिन, ‘मलाई अहिले प्रायले अशोकको हिरोइन भनेर बोलाउने गर्नुहुन्छ। तर म आफुलाई पनि अशोक कै हिरोइन हु जस्तो लाग्छ। यस भिडियो भाइरल भएपछि मलाई थुप्रै म्युजिक भिडियोको अफर पनि आइरहेको छ।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू