मेलिना राईको सुमधुर आवाजमा “के यो माया हो” सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २८ जेठ : आफ्नो शब्द/रचनाममा थुप्रै गीतहरु बजारमा ल्याइसकेका गायक तथा संगीतकार आशुतोष राईको फेरी नयाँ गीत सार्वजनिक भएको छ। भर्खरै मात्र आशुतोषकै शब्द रचनामा तयार भएको “के यो माया हो” बोलको मिठो आधुनिक गीत सार्बजनिक भएको हो।

जुन गीतमा गायिका मेलिना राई र दुर्गा बहादुर राईको आवाज सुन्न सकिन्छ भने अहिले सांगीतिक बजारमा आफ्नो छुट्टै छाप बनाइसकेका गायक दिनेश न्यौपानेको संगीत संयोजन रहेको यो गीतको भिडियो पनि निकै नै राम्रो बनेको छ ।

निर्देशक नव ढुंगेलको निर्देशन रहेको यो गीतको भिडियोमा अमृत सुनुवारको छायांकन, नविन निरौलाको संपादन र सन्दिप भुजेलको कोरियोग्राफ़ी रहेको छ। संपदा बानियाँ र योगेन्द्र राईको अभिनय रहेको गीतले मायालाई बिभिन्न कोणबाट व्याख्या गरिएको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया