मेलिना राई र देवराज खत्रीले बजारमा ल्याए नयाँ म्युजिक भिडियो

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : मेलिना राई तथा देवराज खत्रीको आवाज रहेको ‘सुनखानी सुन छ अरे’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा भक्तपुरको अत्ति नै रमणीय स्थलहरुको दृश्य कैद गरिएको छ। मधुसुडान डांगीले रचना गरेको यस गीतमा हरि थापाले संगीत दिएका छन्।

रितेश फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको यस गीतलाई राजेश बाडेले निर्देशन गरेका हुन् । राजेश बाडे नायक तथा नृत्य निर्देशक पनि हुन्। गीतमा उनको र नायिका तथा कोरियोग्राफर पबित्रा आचार्यको अभिनय देख्न सकिनेछ।

बिमल ढकालको छायांकन रहेको उक्त गीतमा युवराज खत्रीको सम्पादन रहेको छ। गीतको एरेन्ज सुदिप सागरले गरेका हुन्।

हेर्नुहोस भिडियो :

 

 

 

प्रतिक्रिया