मोटरसाइकल नालीमा खस्दा चालकको मृत्यु

मनिषा थापा

मध्यपुरथिमि, २४ कात्तिक : चाँगुनारायण नगरपालिका–९ ताथलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया