मोटरसाइकल पछाडि बस्‍नेलाई हेल्मेट अनिवार्य तत्काल कार्यान्वयन नहुने

रिता घिसिंग

काठमाडौं :  महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल पछाडि बस्नेलाई पनि हेलमेट तत्कालै कार्यान्वयन नहुने जानकारी गराएको छ । महाशाखाले सोमबार सामाजिक सञ्जालको आफ्नो आधिकारिक पेजमा सूचना जारी गर्दै पछाडि बस्नेले पनि हेलमेट लाउनै पर्ने नियम तत्काल कार्यान्वयन नहुने उल्लेख गरेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा १३० को उपदफा २ बमोजिम ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले हेल्मेट लगाउनुपर्छ भन्‍ने उल्लेख भएको छ’, महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया