मोटाउन मन छ ? नियमित खानुहोस् हाडे बदाम

रिता घिसिंग

एजेन्सी : हाडे बदाम एक मसलाको प्रकार हो । यो खानमा जतिनै स्वादिष्ट हुन्छ त्यतिनै हाम्रो शरीरका लागि पनि फाइदाजनक हुन्छ । हाडे बदाममा शरीरलाई चाहिने भिटामिन तथा खनिज पदार्थ जस्ता पोषक तत्त्व पाइन्छ ।

यसको सेवनले हाम्रो शरीरलाई स्वस्थ राखेर दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्दछ । हाडे बदाममा शरीरलाई चाहिने आइरन, पोटाशियम, फस्फोरस तथा म्याग्नेशियम प्रशस्त मात्रामा पाइनछ जसको सेवनले शरीरमा पाचन शक्ति बढाएर पेटसम्बन्धि रोगहरु निको पार्न मद्दत गर्छ ।

हाडे बदाममा प्राकृतिक रुपमा भिटामिन इ, एन्टीशक्सिडेन्ट पाइने भएकाले यसको सेवनले हाम्रो कपाल तथा त्वचालाई स्वस्थ तथा सफा बनाई राख्दछ । हाडे बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्छ जसका कारण यसले हाम्लाई क्यान्सर हुनबाट जोगाउँछ ।

यसमा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको मात्रा कायम गरेर हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ । बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ । नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन ।

प्रतिक्रिया