मोडल दिपा मगरको निर्देशनमा “क्यारनु नि हौ” सार्बजनिक [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, ३ फागुन : सुमधुर आवाजका धनि गायक अमन अलिको नयाँ गीतको म्युजिक भिडियो “क्यारनु नि हौ” सार्बजनिक भएको छ । दर्जनौ गीतहरुमा अभिनय गरेकी तथा नृत्यमा पोख्त मोडल दिपा मगरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चार जना मोडलहरुलाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ ।

गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतमा बिकाश के. शंकरले संगीत भरेका छन् । छायाँकार मनोज राइको छायांकन तथा सम्पदान रहेको यस गीतको भिडियोलाई मोडल तथा निर्देशक दिपा मगरले निर्देशन गरेका छन भने आरजे, प्रजिना, दिपा तथा जिबनको दमदार अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस :

प्रतिक्रिया