मोदुरोलाई पदमुक्त गर्न माग गर्दै भेनेजुएलाका विपक्षी आन्दोलित

शर्मिला गुरुङ

कारकस, २८ पुस (रासस÷एएफपी) : भेनेजुएलाको विपक्षी दलले शुक्रबार संसद नियन्त्रणमा लिएर राष्ट्रपति निकोलास मोदुरोविरुद्ध प्रदर्शन गर्न आह्वान गरेको छ ।

दोस्रो छ बर्षे कार्यकालका लागि ५६ बर्षीय मोदुरोले गत बिहीबार सपथग्रहण गर्नुभएको थियो । उहाँ गत मे महिनामा भएको अति विवादास्पद निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । जुन निर्वाचनलाई विपक्षीहरुले बहिस्कार गरेका थिए ।

अमेरिका, युरोपेली संघ, अमेरिकी देशहरुको संगठनलगायतले निर्वाचनमा धेरै कमजोरी भएको भन्दै निर्वाचनलाई मान्यता दिएका छैनन् । उनीहरुले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।
संसदका अध्यक्ष जान गुइडोले संविधानले संसदलाई दिएको अधिकारअनुसार नै मोदुरोलाई जिम्मेबारी दिइएको बताउनु भएको छ ।

सरकारी पक्षले आन्दोलनकारीहरुलाई सडकबाट हटाउन सैन्य शक्तिको आवश्यकता पर्न सक्ने बताएको छ । यसअघि लिमा समूह नाम दिएका ल्याटिन अमेरिकी देशका १२ ओटा देश र क्यानाडाले पनि भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोलाई नमान्ने जनाएका थिए ।

ती देशका विदेशमन्त्रीको बैठकले आफ्ना देशका सरकारले भेनेजुएलाका राष्ट्रपतिका रुपमा मोदुरोलाई राष्ट्रपतिका रुपमा स्वीकार नगर्ने जनाएको हो । रासस

प्रतिक्रिया