मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी हुदै

admin

विराटनगर, २४ पुस: मोरङको बूढीगङ्गा गाँउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला कबड्डी सङ्घको आयोजनामा पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुनेछ । 

सङ्घका जिल्ला अध्यक्ष भुवनेश्वर मण्डलका अनुसार उक्त प्रतियोगितामा भारत, बङ्लादेश, श्रीलङ्का र नेपालका दुई गरी पाँच टिमको सहभागिता रहने छ । नेपालबाट आर्मी र राष्ट्रिय टिम सहभागी हुनेछन् । प्रतियोगितामा विजयी टिमलाई नगद पुरस्कारसहित शिल्ड प्रदान गरिनेछ । 

-रासस

प्रतिक्रिया