मोरङ पथरी काण्ड झन रहस्यमय बन्दै, छिमेकी भन्छन ‘रिनाले राती लगाएको नाइट ड्रेस भेटिएन’ (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : गत शनिबार मोरङको पथरी-१ स्थित कस्मेटिक पसल खोलेर बसेकी २९ बर्षीय रिना बस्नेत आफ्नै डेरा अगाडी सडकमा नग्न अवस्थामा मृत फेला परेपछि त्यहाँका स्थानीयबासी त्रसित छन्। मानव बस्तिको बीचमा १४ बर्षिय छोरासंग सुतेका महिला एक्कासी नग्न अवस्थामा भेटिएपछि स्थानीय बासिन्दाले हत्याको आशंका गरिएको छ।

महिलाले राति पार्टीमा जाँदा लगाएको कपडा भेटिएको छ। भने तर राती लगाएको नाइट ड्रेस नभेटिएको स्थानीयबासी बताउछन। प्रहरीले भने मदिरा सेवन गरि शौचालय जाने क्रममा लडेर मृत्यु भएको हुन् सक्ने बताएका छन्।

अहिलेसम्म मोरङमा ५ जनाको यसरि मृत्यु भैसकेको छ। तर प्रहरी सबै घटनालाई आत्माहत्या भन्दै अनुसन्धान टुंग्याएको स्थानीय बासिन्दाले बताए। यसरि शहरको बीचमा एक महिलाको मृत्यु हुनु सामान्य होइन। एक महिला छोरासंग सकुशल सुतेको बिहान कोठा बाहिर नग्न अवस्थामा मृत भेटिएपछि त्यहाँका बासिन्दाले प्रहरीले गम्भीर रुपमा यस घटनाबारे सत्य तथ्य नखुलाए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

मृतकका श्रीमान हाल बैदेशिक रोजगारीका लागि दुबईमा छन् । एक वर्ष अगाडि विदामा आएर गएका श्रीमानसंग रिनाको शुक्रबार राति कुराकानी भएको थियो । राति मृतकको मोबाइलमा कमल नेपाल नाम गरेको व्यक्तिको फोन पटक पटक आएको तर आमाले उक्त फोन नउठाएको उनका छोरा साइमन बस्नेतले बताए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू