म्युजिक भिडियो खेलाउछु भन्दै फिल्म निर्देशकले ठगे यी युवकको १ लाख रुपैया, भावुक हुदै मिडियामा यसरी पोखे पिडा [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  सामान्य परिवारमा जन्मिएका सुरेन्द्र अधिकारी रामेछापबाट राम्रो रोजगारी र उच्च शिक्षा पाउने उद्दश्यले राजधानी छिरेका हुन्। उनले काठमाडौँ आएको २, ३ वर्ष पछि कलाकारितामा लाग्ने सोचले नित्य सिक्न थाले।

नित्यकै सिलसिलामा उनलाई एक कार्यक्रममा नाच्नको लागि बोलाईयो। त्यस कार्यक्रममा उनको एक
फिल्म निर्देशकसंग भेट भयो। ती निर्देशकले उनलाई फिल्ममा खेल्नुपर्छ भनेर फकाए।  उक्त
निर्देशकले उनलाई म्युजिक भिडियो खेलाउछु भनेर ६० हजार पैसा खाएको उनको भनाई छ।

उनले कलाकारिता  क्षेत्रमा लाग्न पैसा नै चाइने रहेछ भन्ने सोचले साथी भाईसंग पैसा सापट गरेर निर्देशकलाई बुझाए। भिडियो बनेपछि उनको एक पैसा पनि हातमा परेन। उनले आफुले अभिनय गरेको पहिलो ‘माईमेला’ बोलको गीत  सार्वजनिक भयो तर लगानी भने उठेन ।

उनले ऋण गरेको पैसा तिर्नको लागि म्याग्दी प्रहरीमा जागिर खाए। त्यति बेला पनि निदेशकले फोन गरेर हिरो बनाउँछु भनेर फेरी फकाए। त्यसपछि फेरी ७० हजार पैसा खर्च गरे। म्याग्दी प्रहरीबाट आएको पैसा र आफन्तजनसँग ऋण गरेको पैसा फस्यो। ती निर्देशकले ठुला-ठुला होटेलमा लगेर हिरो बनाउने आश देखाएर खाएको पैसाको बील समेत तिराउन लगाउने गरेको बताए।

सुरेन्द्रले उनलाई पटक-पटक फोन गरेर पैसा माग्ने गर्दथे तर उल्टै पैसा पुग्या छैन भनेर निर्देशकले धम्काउने गरेको बताए। उनी त्यसपछि प्रहरी कार्यालय गए तर प्रहरीले उनलाई यो मुद्दा लड्न  गाह्रो छ भने पछि उनले उजुरी गरेनन। ‘गरिबहरुले कला भएता पनि पैसाको अभावले अगाडी बढ्न सक्दैनन्।’ उनले भने।

उनी अहिले निकै चिन्तित छन्। न त उनीसंग राम्रो रोजगार छ न त उनले आफ्नो ऋण नै तिरेका छन्। उनी होस्टेलमा बस्ने गर्छन। होटेलमा काम गरेर मासिक १० हजार कमाउँने गर्दथे जुन होस्टेल खर्च मै ठिक हुन्थ्यो। उनले आफु ऋण बोकेर फसेको कुरा घरमा बताएका पनि छैनन्। उनलाई अहिले रोजगारीको पनि खाँचो छ। उनले पैसाको अभाबमा पढाई पनि छाडे। अहिले उनी घरको न घाटको भएका छन्। उनको मोडल बन्ने ठुलो सपना  पुरा हुन् सकेको छैन।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू