यतिबेला बिग बजेटको फिल्म नगर्नु नै मेरो लागी राम्रो हो : निर्देशक एन्टिना

शर्मिला गुरुङ

काठमाडौँ, ४ मङ्सिर : नेपाली फिल्म जगतमा परिचित नाम मध्ये घनश्याम तिमल्सिना “एन्टिना” पनि एक हो । उनिले नेपाली फिल्मी करियर सुरु गरेको करिब १८ बर्ष बितिसकेछ। जिबनमा धेरै आरोह अवरोह खेप्दै यो अबस्था सम्म आइपुगेका घनश्याम तिमल्सिना एन्टिनालाई हिजो आज धेरैले ठुलो पर्दाको फिल्म बनाउनु पर्यो भन्दै घच्घच्याइरहन्छन। हुनत उनले १४ बर्ष अघिनै हास्य कलाकार इकुसँग मिलेर हास्य फिल्म कर्मकाण्ड बनाए लगत्तै तत्कालीन माओवादीको कथामा आधारित फिल्म छापामार निर्देशन गरे। त्यो बेला सम्झिदै घनश्याम भन्छन ४/५ जना निर्देशकले फिल्म गर्नलाई नमानेपछि मलाई भनिएको थियो।

कर्मकाण्ड पछाडी उनलेे ग्याङफाइट नामक फिल्म निर्देशन गरे तर उक्त फिल्मले तेति धेरै ब्यापार गर्न सकेन । तैपनि घनश्याम आत्तिएका थिएनन, उनिलाइ पुतलीसडक स्थित पाथीभरा फिल्म प्रोडक्सनबाट नेपाल टेलिभिजन २ मा एउटा हास्य टेलिफिल्म “खेल” को निर्देशन गर्न अफर आयो। उनी तेहि गर्न थाले ।

त्यो टेलिफिल्म पछाडी उनले करिब १ दर्जन भन्दा बढी टेलिफिल्म नेपाल टेलिभिजन र २ मा गरे। धेरैलाई कलाकार बनाए अनि धेरैलाई निर्देशन पनि। टेलिफिल्मकै दौडमा उनले शिक्षा जगतको विकृतीहरु उजागर गर्दै शैक्षिक (शिक्षा मुलक)फिल्महरु बनाउन थाले। हाल उनले १७ वटा शैक्षिक (शिक्षा मुलक) फिल्म निर्माण निर्देशन गरिसकेका छन।

यो बिचमा १०० भन्दा बढी म्युजिक भिडियो बनाइ सकेका निर्देशक एन्टिनालाई आजकाल धेरैले ठुलो पर्दाको फिल्म किन नगर्नु भएको ? भन्दै सोध्ने गर्छन्। उत्तरमा उनी भन्छन, “नेपाल वर्षेनी १०० भन्दा बढी नेपाली फिल्म बन्ने गर्छन् अनि मैले बनाएको फिल्मले चाहिँ लगानी उठाउने के ग्यारेन्टी छ ?
तेसैले यतिबेला मैले बिग बजेटको फिल्म नगर्दै राम्रो हुन्छ, म कसैको घर खेत सकाउने बाटो तिर लाग्दिन।”

प्रतिक्रिया