यदि कसैले हाम्रो अपमान गर्यो भने हामीले के गर्नुपर्छ ?

रिता घिसिंग

एजेन्सी : भगवान वुद्ध एक गाउँमा उपदेश दिँदै थिए। उनी भन्दै थिए–प्रत्येक मानव धर्ती जस्तै सहनशील र क्षमताशील हुनुपर्छ। रिस यस्तो आगो हो जसमा क्रोध गर्ने व्यक्तिले अर्कोलाई पनि जलाउँछ र आफू पनि जल्छ।’

सभामा सबै शान्तिसँग बुद्धको वाणी सुनिरहेका थिए। तर, त्यो सभामा स्वभावैले निकै रिसाहा व्यक्ति पनि बसिरहेका थिए। जसलाई बुद्धका यी वाणी तर्कहीन लागिरहेको थियो। केही समयसम्म त उसले बुद्धका यी वाणी सुनिरहे। तर, अति भएपछि आफूमाथि नियन्त्रण गुमाउँदै बुद्धलाई गाली गर्न थाले।

भन्न थाले–तिमी पाखण्डी हौ, ठूला ठूला कुरा गर्ने तिम्रो काम नै हो। तिमीले मानिसलाई भ्रमित गरिरहेका छौ। तिम्रा यस्ता उपदेशले आजको समाजमा केही अर्थ राख्दैन।’

यस्ता कटु बचन सुनेर पनि बुद्ध शान्त थिए। आफूलाई गरेको गाली सुनेर बुद्ध न दुखी भए न कुनै प्रतिक्रिया नै दिए। यो देखेर ती व्यक्ति झन् क्रोधित भए र उसले बुद्धको मुखमा थुकिदिए र त्यहाँबाट हिँडे। भोलिपल्ट जब उनको रिस शान्त भयो तब अघिल्लो दिन आफूले गरेको व्यवहारप्रति पश्चाताप भयो। ती व्यक्तिले भोलिपल्ट बुद्धलाई खोज्दै फेरि त्यही स्थानमा पुगे। तर भगवान बुद्ध आफ्ना शिष्यसहित अर्कै गाउँमा पुगेका थिए। ती व्यक्तिले मानिसलाई सोध्दै सोध्दै बुद्धले प्रवचन दिइरहेको ठाउँमा पुगे। बुद्धलाई देख्ने वित्तिकै उनी बुद्धको चरणमा परे अनि क्षमा माग्न थाले।

बुद्धले ती व्यक्तिलाई सोधे–तिमी को हौ? तिमीलाई के भएको छ? अनि किन क्षमा मागिरहेका छौ? ती व्यक्तिले बुद्धलाई भने–तपाइँले बिर्सिनु भयो? म त्यही व्यक्ति हो जसले हिजो तपाइँलाई निकै नराम्रो व्यवहार गरेको थिएँ। म लज्जित छु। र मेरो नराम्रो व्यवहारको क्षमा याचना गर्न आएको छु।’

भगवान बुद्धले प्रेमपूर्वक भने–विगतलाई तै मैले त्यँही छोडेर हिँड्छु। तिमी अझै पनि त्यही कुरामा अल्झेका छौ?’ बुद्धले अगाडि भने–तिमीलाई आफ्नो गल्तीको आभास भएको छ। तिमीले पश्चाताप पनि गरेका छौ। अब तिमी निर्मल भइसकेका छौ। अब तिमी वर्तमानमा प्रवेश गर। नराम्रो कुरा नराम्रो घटना सम्झिँदा वर्तमान र भविष्य दुवै विग्रिन सक्छ। हिजोलाई लिएर आजलाई पनि नबिगार।’

त्यो व्यक्तिको सबै बोझ हल्का भयो। उनले भगवान बुद्धको चरणमा परेर क्रोध त्याग र क्षमाशीलताको संकल्पगरे। बुद्धले उनको टाउकोमा आशीर्वाद दिँदै हात राखे। त्यो दिनदेखि ती रिसाहा व्यक्तिमा परिवर्तन आयो र उनको जीवनमा सत्य, प्रेम र करुणाको धारा बग्न थाल्यो।

प्रतिक्रिया