यमपञ्चकको आज दोश्रो दिन : भैरवको बाहन कुकुरको पूजाआजा गरी मनाइँदै

admin

काठमाडाैँ, कात्तिक २०: यम पञ्चकको दोश्रो दिन, आज कुकुर तिहार । सबै नेपालीका घर-आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा-मीठा खानेकुरा खुवाउँदै पूजा गरी मनाइँदै छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास समेत रहेको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।

सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख गरिएकाे पाइन्छ ।आजका दिन पाप नाश गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन रहिअाएकाे छ ।

प्रतिक्रिया