यसकारण फिल्म ‘दबंग ३’ को निर्देशन गर्न चाहनन् अरबाज खान

रिता घिसिंग

एजेन्सी : चलचित्र दबंगले सलमान खानको स्टारडमलाई ह्वात्तै बढायो। सलमान खान एक प्रहरी अफिसरको भूमिकामा देखिएका थिए। र, यो चलचित्रले बक्स अफिसमा जबरजस्त सफलता प्राप्त गर्‍यो। यसपछि आएको दबंग –२ ले पनि बक्सअफिसमा राम्रो प्रदर्शन गर्‍यो। अब सलमान दबंग –३ को तयारीमा जुटेका छन्, चलचित्रको सुटिङको एक अंश इन्दोरमा छायांकन भइसकेको छ।

चलचित्र उत्पादकसमेत रहेका सलमान खानका भाइ अरबाज खानले एक अन्तवार्तामा भने, ‘मलाई आशा छ, यो चलचित्रलाई डिसेम्बरको अन्तिम सातासम्म प्रदर्शन गर्न सकिन्छ। तर हामी बाचा गर्न सक्दैनौ किनभने, छायांकन अनि डबिङमा ढिला भयो भने समय अगाडि पछाडि हुन सक्छ। यो चलचित्र निर्देशन गर्नको लागि प्रभु देवालाई चुनिएको छ। यो सिरिजको पहिलो चलचित्र अनुराग कश्यपका भाइ अभिनव कश्यपले निर्देशन गरेका थिए। खास कुरा के हो भने प्रभु देवाको चलचित्र वान्डेटलाई सलमान खानको करियर टर्निङ प्वाइन्ट मानिन्छ।

अरबाज खानले प्रभु देवाको कास्टिङका बारेमा कुराकानी गर्दा भने ‘सलमान खानको स्टारडम दबंगपछि एकदमै बढेको र सलमानलाई कस्तो तरिकाको चलचित्रका काम गर्नुपर्छ भन्ने राम्ररी थाहा छ। एक निर्देशकको भूमिकामा बस्दा म आफ्नै तरिकाले काम गर्न चाहन्छु। हुन सक्छ त्यही वस्तुलाई मैले फरक तरिकाले हेर्छु। र भाइ भएको नाताले हाम्रो काममा अलि फरक हुन्छ।

उनले भने, मैले यो सब चिजको बारेमा ध्यान राखेर यस्तै एक मानिसलाई निर्देशक बनाउने निर्णय लिएँ। हामी को आफ्नो काममा पोख्त छ भन्ने बारेमा जानकार हुन्छौँ। त्यसैले प्रभु देवालाई यो चलचित्रको निर्देशक बनाउने निर्णय गरेका हौँ।’अरबाजले सलमानको भूमिकाको बारेमा कुरा गर्दै भने, ‘हामी चलचित्रमा यो देखाउछौँकी कसरी सलमान चुलबुल पाण्डेको भूमिकामा सुहाउँने भएका छन्।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू