यसरि सर्छ बर्ड फ्लु, यस्ता छन् बच्ने उपाए

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। अहिले बर्ड फ्लु रोग फैलिएको धेरै समाचार आउने गरेको छ । धेरै मानिसलाई यसबाट बच्ने र यो कसरी सर्छ भन्ने पनि थाहा छैन । बर्ड फ्लु मानिसलाई पनि सर्न सक्छ। यसरि सर्न सक्छ बर्ड फ्लु :

यसरी सर्छ
बर्ड फ्लु संक्रमित पक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्छ। संक्रमित पक्षीले दस दिनसम्म रोग सार्न सक्ने हुँदा पंक्षीहरु मारेर सुरक्षित ढंगले गाडिन्छ।

रोगी पक्षीको मासु, अन्डा, सुलीलगायत बाहिर निस्किने पदार्थबाट रोग सर्छ। मासु चालाउँदा वा खोरमा काम गर्दा पनि रोग सर्छ। बसाइ सर्ने चराको शरीरमा बर्ड फ्लुका जीवाणु सुरक्षित रहन्छन्। फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्ड फ्लु सर्छ। बर्ड फ्लुका भाइरस एउटा मानिसबाट अर्कोमा सरेको तथ्य भने हालसम्म भेटिएको छैन। तर पक्षीबाट मानिसमा भने सर्ने गर्छ। मानिसमा यो रोग लागेको मृत्यु हुने खतरा ६० प्रतिशत रहन्छ।

बर्ड फ्लुका लक्षण
बर्ड फ्लु संक्रमित पक्षीहरु दस दिनपछि मर्न थाल्छन्। यस्ता पक्षीको सम्पर्कमा आएका मानिसमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, रुघा लागेजस्तो हुने तर नाकबाट सिगान नबग्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ।

बर्ड फ्लुबाट कसरी बच्ने
– रोगग्रस्त पक्षीबाट जोगिनु नै उत्तम उपाय हो
– कुखुरा लगायत पक्षीको सम्पर्कमा आउँदा सावधानी अपनाउने
– घरपालुवा पशुमा लक्षण देखिए तुरुन्त पशु स्वास्थ्य कार्यलयमा खबर गर्ने
– कुखुरा लगायत पक्षीहरुको खोरमा काम गर्दा माक्स र पञ्चा लगाउने
– संक्रमित कुखुरका अन्डा र मासु नखाने, दाना र सुली नछुने

प्रतिक्रिया