यसरी स्वागत गरियो चिनियाँ राष्ट्रपतिलाई {फोटो फिचर }

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २५ असोज :दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको स्वागत गर्नुभएको थियो ।

अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उहाँको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर स्वागतका लागि प्रतीक्षारत थिए । उनीहरुले करीब दुई घण्टाको प्रतीक्षापछि सीलाई स्वागत गर्न पाएका थिए ।

चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपति भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी दुई दिने नेपालको राजकीय भ्रमणमा आउनुभएको हो ।

सी विमानस्थलबाट सोल्टी होटेलमा जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उहाँलाई नेपाल र चीनको झण्डा हल्लाएर स्वागत गरेका थिए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विभिन्न भेषभूषामा सजिएका विद्यार्थी । तस्बिरः नारायण ढुंगाना

उहाँलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचले समेत स्वागत गरिएको थियो । तीनकुने, नयाँ बानेश्वर र बबरमहल, माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र सोल्टीमोडसम्म उहाँको स्वागतका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे । राष्ट्रपति सीलाई स्वागतका लागि बनाइएका स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ राखिएका फूलसमेत राखिएको थियो । उहाँ त्रिभुवन विमानस्थलमा ओर्लिएसँगै सवारी मार्गलाई खाली गरिएको थियो ।

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सम्मान गारत निरीक्षण गर्नुहुँदै । तस्बिर ः नवीन पौडेल

चिनियाँ विशिष्ट पाहुनाको आवागमन हुने सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए ।

चीनका राष्ट्रपति सी चिनफिङ शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सांस्कृतिक झाँकी अवलोकन गर्नुहुँदै । तस्वीर ः नवीन पौडेल

स्वागतका लागि जम्मा भएका कर्मचारी र सर्वसाधारण राष्ट्रपति सी आउनुअघि दुवै देशको झण्डासहितको तस्वीर खिंच्न व्यस्त थिए ।

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर ः नवीन पौडेल

उहाँ आउनुअघि सडकको धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएको थियो । राष्ट्रपति सीको स्वागतपछि सर्वसाधारणले बेहुलीझँै सिंँगारिएको माइतीघरमण्डलमा सेल्फी खिंच्न व्यस्त देखिन्थे ।


दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सम्मान गारत अर्पण गर्दै नेपाली सेना । तस्बिर ः नवीन पौडेल

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी आजदेखि दुईदिने राजकीय भ्रमणमा यहाँ आउनुभएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार काठमाडौँको सोल्टीमोडमा स्वागतका लागि लामबद्ध कलाकार । तस्वीर ः प्रदीपराज वन्त, रासस
चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार काठमाडौँको सोल्टीमोडमा स्वागतका लागि लामबद्ध कलाकार । तस्वीर ः प्रदीपराज वन्त, रासस
चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागतका लागि विभिन्न भेषभूषामा सजिएका स्थानीयवासी ।
चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपति भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी दुई दिने नेपालको राजकीय भ्रमणमा आउनुभएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपति भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी दुई दिने नेपालको राजकीय भ्रमणमा आउनुभएको हो ।

प्रतिक्रिया