यस्ता छन् अनुहारको दाग, चाया र छालामा भएको धर्षा हटाउने घरेलु उपाय

मनिषा थापा

अनुहार तथा छालामा भएका दागहरु हटाउनका लागि घरेलु उपचार निकै नै प्रभावकारी हुन्छ । सबै मानिसहरुले महँगो मूल्यको फेशियलहरू र सर्जरीहरू गर्न सक्दैनन् । त्यस्ता मानिसले घरमै सस्तो र प्रभावकारी प्राकृतिक उपाय अपनाउन सक्छन । छालाबाट दाग-धब्बाहरु हटाउने उपाय र बिधि यस प्रकार रहेका छन् :

आवश्यक सामग्री:

१. कागती
२. भिटामिन ई युक्त तेल

प्रयोग गर्ने बिधि :

एउटा कागतीको टुक्रा लिनुहोस् र त्यसलाई एउटा सफा भाडोमा निचरेर राख्नुहोस । कागती निचोरी सकेपछि अब त्यसमा एक चम्चा भिटामिन ई युक्त तेल मिसाउनुहोस् । अब चम्चाले एकछिन घोल्नुहोस् ।

केहि समयपछि तयार भएको मिश्रणलाई अनुहारको दाग भएको ठाउँमा कपासको सहायताले विस्तारै ४-५ मिनटसम्म मसाज गर्नुहोस् । मसाज गरि सकेपछि अब ५ मिनेटसम्म त्यसलाई सुक्न दिनुस र सुकेपछि मुख धुनुहोस् । यो प्रक्रिया दिनको दुई पटक बिहान र बेलुका गरि प्रयोग गर्नुहोस् । १ हप्तापछि तपाई आफैले दागमा आएको परिवर्तन देख्नुहुनेछ ।

कागतीको रस छालाको समस्याको लागि सबैभन्दा उपयोगी सामग्री मानिन्छ । कागतीले छालाको दाग हटाउनुको साथै तन्किएको छालाको धर्साहरु, चाउरी परेका छाला लगायतका समस्याहरुको समाधानका लागि उपयोगी हुन्छ । साथै भिटामिन इ पनि उपयोगी मानिन्छ ।

भिटामिन इले तन्केको छालाको धर्साहरुलाई पुन अवस्थामा पुर्याउन मदत्त गर्दछ । शल्यक्रियापछि भिटामिन ई तेल प्रयोग गर्न केहि डाक्टरहरूले सल्लाह पनि दिने गरेका छन्। किनकि यसले छालाका कोशिकाहरूलाई पुनः प्रसार गर्न मद्दत पुर्याउँछ ।

प्रतिक्रिया