यस्ता छन् टिमुर खानुको फाइदाहरु

रिता घिसिंग

एजेन्सी : टिमुरलाई हामी प्राय अचार बनाउन प्रयोग गर्छौं । यसलाई विभिन्न नुडल्सहरुमा स्वाद बढाउनको लागी पनि प्रयोग गर्ने गरिन्छ । यसलाई हामी औषधिको लागी पनि प्रयोग गर्न सक्छौं । तर धेरै मानिसहरु यस बारेमा अज्ञात छन् । त्यसैले यसको उपयोग अरुको तुलनामा निकै कम भएको छ । यसले पुर्याउने फाइदा बारेमा तपाईलाई थाहा भयो भने तपाई यसलाई खोजी खोजी खानुहुनेछ ।

टिमुरले पुर्याउने फाइदा यस्ता छन् :

– टिमुरको प्रयोगले दाँत दुख्ने समस्यामा राहत मिल्छ । आयुर्वेदिकका अनुसार टिमुरले वायुशमन गर्ने, दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजिर्ण, हैजाआदी समस्यालाई निको पार्ने काम गर्छ ।

– आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ ।

– न्युन रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्‍याउने गर्छ ।

-गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको गराइन्छ । टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ ।

– टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।

– कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ ।

– टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने बिभिन्न किरा तथा जुगाहरुलाई मार्नको लागि पनि सहयोग पुर्‍याउँछ ।

प्रतिक्रिया