यस्ता छन् मोबाइल छिटो चार्ज गर्ने तरिका

मनिषा थापा

१. मोबाइललाई फ्लाइट मोडमा राख्नुहोस्
यो एकदम सामान्य र सजिलो तरिका हो । जसबाट एकदमै तीव्र गतिमा मोबाइल चार्ज गर्न सकिन्छ । फ्लाइट मोडमा मोबाइल राख्दा सबै फङ्सन बन्द हुँदैनन् । तर, जब तपाईंले फोन फ्लाइट मोडमा राख्नुहुन्छ तब फोन गर्न मिल्दैन र जिपिएसजस्ता फिचरहरूले काम गर्न बन्द हुन्छ ।

२. फोन पूरै बन्द गरिदिनुहोस्
मोबाइल फोन चार्जका बारेमा विश्वमा फैलिएका हल्लाहरूमध्ये एक हो, फोन अन नै राखेर चार्ज गर्दा यो बिग्रन्छ । तर, यो गलत हो । चलिरहेको फोन चार्ज गर्नु नराम्रो हुँदैन ।

३. मोबाइल युएसबी पोर्टबाट चार्ज नगर्नुहोस्
मोबाइल फोन युएसबी पोर्टबाट भन्दा बिजुलीबाट धेरै छिटो चार्ज हुन्छ । उदाहरणका रूपमा एप्पल फोनका लागि उक्त कम्पनीको सुझाब छ कि मोबाइल फोन बिजुलीबाट मात्र चार्ज गर्नुहोस् ।

४. तापक्रम मिलाउनुहोस्
तात्ने गरी ब्याट्री राख्दा यसको क्षमतामा ह्रास आउँछ । उदाहरणका लागि एप्पलका अनुसार गर्मीको कारण मोबाइलको ब्याट्रीको क्षमता खराब हुन्छ । फोनलाई घामबाट पनि टाढा राख्नुपर्छ ।

५. आधिकारिक चार्जर मात्र प्रयोग गर्नुहोस्
सबै चार्जर एउटै देखिन्छन्, तर एउटै भने कहिल्यै हुँदैनन् । सबैभन्दा राम्रो फोनको आधिकारिक चार्जरबाट मात्र चार्ज गर्नु हुन्छ । यसले सुरक्षित तरिकाबाट सबैभन्दा राम्रो परिणाम दिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू