यस्ता प्रेमी जसले अपरिचित महिलाको १० हजार डलरको औँठी भाडामा लिएर प्रेमिकालाई गरे प्रपोज

मनिषा थापा

एजेन्सी : पछिल्लो समयमा प्रेमीप्रमिकाको प्रपोज गर्ने तरिका फरक हुदै गएको छ। मायाको साथमा प्रपोज गर्दा उपहार दिने चलन पनि बढ्दो क्रममा छ । मायाप्रेममा रहेका जोडीले एकअर्कालाई मनपर्ने चिज गिफ्ट गरी मायाप्रेम प्रकट गरेका हुन्छन् ।

यसैक्रममा एक जना व्यक्तिले आफ्नो गर्लफेण्डलाई प्रपोज गर्न एक अनौठोको जुक्ति लिई प्रपोज गरेका छन् । ती व्यक्तिले एक जना अपरिचित महिलाको औँठी भाडामा लिएर आफ्नो गल्डफेण्डको हातमा औँठी लगाइदिएर प्रपोज गरेका हुन् । उक्त औँँठी करिब १ वर्ष भन्दा पुरानो भएको बताएको छ । बेलायतको लण्डनस्थित बलहममा बस्ने करिब २७ वर्षका युवकले यस्तो जुक्ति लगाएका हुन् ।

यस्तो जुक्ति लगाएर प्रपोपज गर्ने यी युवकको नाम हो, जाने एलिअट । जोनले अनलाइन मार्फत भाडामा औँठी पाउनको लागी अनुरोध गरेका थिए । उनको त्यो अनुरोधलाई एक अपरिचीत महिलाले आफ्नो औँठी भाडामा दिने प्रस्ताव गरेकी थिइन् । अपरिचित महिला जेनी पार्करलाई उनले झण्डै ७ डलर तिरेर औँठी भाडामा लिई गर्लफेण्ड एशलेगलाई लगाउँदै उनले प्रपोज गरे ।

उक्त औँठीको मुल्य १० हजार डलर पर्दछ, अपरिचित महिलाले परिवारको इतिहासको रुपमा उक्त औँठी रहेको बताउँदै आफ्नो औँठीले कसैको नयाँ जीवनको सुरुवात गर्नमा मद्दत गरेकोमा आफूलाई निकै खुसी लागेको बताइन् ।

प्रतिक्रिया