यस्तो गाउ जहाँ जुत्ता-चप्पल लगाउन मनाही छ, मानिसहरु हातमा चप्पल बोकेको अवस्थामा देखा परे

रिता घिसिंग

पिएनपिखबर : भारतको एक गाउ जहाँ चप्पल लगाउन मनाही छ। यस गाउमा करिब १३० परिवार बसोबास गर्छन। जसमा धेरै जसो किसान र मजदुर छन्। यहाँ बस्ने सबै व्यक्तिहरु चप्पल लगाउदैनन्। गाउका मानिसहरु एक देवीको सम्मान गर्ने गर्छन। वास्तवमा यहाँ हर कोहिलाई नियम पालन गर्न जबर्जस्ति गरिएको छैन। तर पनि यहाँका मानिसहरु आफै चप्पल लगाउदैनन्। गाउबाट बाहिर जानको लागि मानिसहरु हातमा चप्पल लगाएर निस्किन्छन।

यस अंडमान नामका गाउमा तमिलनाडु बसोबास गर्छन। राजधानी चेन्नईबाट करिब ४५० किमि दुरीमा रहेको छ। यहाँ एक जनाले पनि चप्पल जुत्ता लगाएको देखिदैन।

यहाँका ७० बर्षिय मुखिय अरुमुगमका अनुसार यस कहानीको जन्म गाउमा रहेको जमिनको भित्र जलाशयका नजिक रहेको नीमको रुखबाट भएको हो।
यस गाउमा मानिसहरु दाखिल हुनु अगाडी चप्पल जुत्ता खोलेर मात्र प्रवेश गर्छन र बुढापाका र बिरामीले मात्र चप्पल जुत्ता लगाउने उनले बताए।

बासिन्दाहरु भन्छन ‘मुथियालम्मा नामकी एक शक्तिशाली देवीले हाम्रो गाउको रक्षा गर्दै आउनु भएको छ। हामी देबीको सम्मान स्वरूप गाउमा चप्पल लगाउदैनौ। यदि कोहि चप्पल लगाउन चाहनुहुन्छ भने लगाउन सक्छन।’ अचम्मको कुरा त यो छ कि यस गाउमा चप्पल नलगाउने कुनै नियम बनेको छैन। यहाँका बासिन्दा आफ्नो खुसिले नलगाएका हुन्।

६२ बर्षिय लक्ष्मणन वीरभद्रका अनुसार ७० बर्ष अगाडी गाउ बाहिर एक नीमको रुख मुनि देवी मुथियालम्माकी माटोको मुर्ति स्थापित गर्ने क्रममा यस परम्परा शुरुवात भएको हो।

पुजारी जब यस देवीलाई गहनाले सजाउन थाले पुजामा डुब्न लागे। जब एक युवकले जुत्ता लागाएर मुर्ति नजिकैबाट जादै थिए। सोहि बेला युवक चिप्लेर लड्यो। बेलुका उनलाई ज्वरोले च्याप्यो र महिनौपछि बल्ल युवक ठिक भयो।

गाउका मानिसहरु देबीलाई अपमान गरेका कारण यसो भएको सोच्न थाले र सबै बासिन्दाहरु बिना चप्पल गाउमा रहन थाले।

प्रतिक्रिया