यस्तो छ आजको सुनको भाउ

मनिषा थापा

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ ।

सोमबार सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

म‌गलबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया