यस्तो देश जहाँ एक किलो कुखुराको मासुको मूल्य पर्छ लाखौ, मूल्य वृद्धि अझै चर्किदै…

मनिषा थापा

एजेन्सी : तपाईहरुलाई अचम्म लाग्ला, एक किलो कुखुराको मासुको मूल्य ९५ लाख पर्छ भन्दा , यो सत्य खबर हो । विश्वमा यस्ता केही देशहरु छन् । जहाँ हाम्रो तिर सस्तोमा पाइने वस्तुहरु त्यहा महंगो पर्छ ।

त्यही देशहरु मध्येको देश भेनेजुयला हो । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ अनुसार यहाको मुद्रास्फीति १० लाख प्रतिशत नाघ्ने जनाइएको छ ।

त्यसैकारण पनि यो देशमा जनता र व्यवसायीमा मूल्य वृद्धि अझै चर्कने अपेक्षा रहेको छ ।भने यी दुई बीच होटाहोट नै भएको छ । किनभने यसकै कारण पैसाको क्रय शक्ति क्षमतामा व्यापक ह्रास आएको छ । व्यापारीहरुका अनुसार सामग्रीको मूल्यमा वृद्धि हुने भएकाले मुद्रा लिनु जोखिम भएको उनीहरुले बताएका छन् ।

त्यस्तै मुद्राले आफ्नो मूल्य कायमा राख्न सक्ने क्षमता नभएका कारण मुद्रा प्रतिको विश्वास पनि हराएको छ । बिक्रेताहरुले मुद्रा अस्वीकार गर्न थालेका छन्। तर यो देशमा सामान्य जस्तो देखिए पनि हाम्रो लागी सकंटको विषय बनेको छ । यो खबर पनि हाम्रो लागी एक अनौठो नै हो । जहा हामीले एक किलोको लगभग ३०० रुपैयामा किनिरहेका छौ ।

प्रतिक्रिया