यस्तो विवाहको चलन जुन थाहाँ पाउँदा जो कोही पर्छ चकित !

मनिषा थापा

एजेन्सी : यो विश्व आफैंमा एक विशाल छ, यहाँ रहने प्राणीले यसलाई झन खास बनाएका छन् । संसारमा भएका धेरै समुदायको विवाह फरक फरक हुन्छ् । यस्तै, दुनियाँमा विवाहसम्बन्धी अनेक खालका प्रचलन तथा मान्यताहरु अस्तित्वमा छन् ।

पश्चिमी अफ्रिकामा रहेको एक आदिवासी समुदायमा रहेको बिहे संस्कार सुन्दैमा आश्चर्य लाग्ने तथा हाम्रोमा अपराध ठानिने जस्तो छ । त्यो देशमा बिहे गर्नका लागि पुरुषहरुले अर्काकी पत्नी चोर्नुपर्दछ । एक–अर्काको पत्नी चोरेर बिहे गर्ने परम्परा रहँदै आएको छ ।

पश्चिमी अफ्रिकाको बोदाब्बे आदिवासीका पुरुषहरु एक अर्काका श्रीमती चोरेर बिहे गर्दछन् । यो समुदायमा मानिसहरुको पहिलो विवाह घर परिवारको सहमतिमा हुने गर्दछ ।

तर दोश्रो विवाहको प्रचलन भने निकै अनौठो छ । त्यहाँ दोश्रो बिहेका लागि अरु कसैको पत्नी भगाउनु पर्दछ । अर्काकी पत्नी पट्याएर भगाउन नसक्नेले दोश्रो विवाह गर्न पाउँदैन ।

प्रतिक्रिया