यिनै हुन पोखराका ११ वटा वडा कार्यलय चोरी गर्ने चोर

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३० साउन : कास्की प्रहरीले पोखराका वडा कार्यालयहरुमा चोरी गर्दै हिड्ने एक जनालाई पक्राउ गरेर सार्वजनीक गरेको छ ।

प्रहरीले काठमाडाण्डौं ११ घर भई हाल पोखरा १० मा बस्दै आएका किशोर थापालाई पक्राउ गरेको हो । प्रहरीले ९ वटा कम्प्युटर, ४ ल्यापटप अन्य चोरीमा संलग्न सामान सहित पक्राउ गरेको छ ।

पोखरामा चोरी गरे थापाले काठमाडौं १४ कलंकीमा कम्प्युटर सोलुसन सञ्चालन गर्ने मकवानपुर थाहा नगरपालिकाका रुपचन्द्र गोपालीलाई विक्रि गर्दै आएको कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले जानकारी दिए । चोरीका सामग्री किन्ने गोपाली र कम्प्युटर सहित पक्राउ गरेर बुधबार नै प्रहरीले सार्वजनीक गरेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू