यी महिला गर्दैछिन् आफ्नै मृत्युको तयारी…

मनिषा थापा

एजेन्सी : मानिसहरु एक बारको जुनिमा अनेकौ तयारीमा जुटेका हुन्छन् । कोही टाढा घुम्न जाने तयारीमा हुन्छन् त कोही घर बनाउने तयारीमा। तर एक महिलाले भने यस्तो तयारी गर्दैछिन् जुन सुनेर सबैलाई अचम्म लाग्न सक्छ। हो सामाजिक संजालमा यतिबेला चर्चित यी महिलाले आफ्नो मृत्युको तयारीमा जुटेकी छन्।

महिला साउथ अफ्रिकाकी जोडवा वाबुंतु हुन्। उनले इन्स्टाग्राममा आफ्नो मृत्युको तयारी गरिरहेको तस्विर पोष्ट गरेकी छन्। जसमा उनी कफिन किनिरहेको दृश्य देख्न सकिन्छ। साथै उनी कफिनमा सुतेर पनि जेकजाँच गरिरहेको दृश्य तस्विरमा हेरेर अनुमान गर्न सकिन्छ।

उनको इन्स्टाग्राममा झण्डै महिलाले कफिन किन्दै गरेको फोटो इन्स्टाग्राममा हाल्दै भनेकी छिन्। मृत्यु, समाज मृत्युको बारेमा कुराकानी गर्नलाई निकै डराउँछन्। हामी सबै एक दिन मर्नु नै पर्छ त्यसैले मैले कफिन किन्ने फैसला गरेको हुँ।

जसमा उनले कफिनको मूल्य पनि उल्लेख गरेकी छन्। उनले उक्त कफिन १३ लाख पर्ने बताएकी छन्। यस्तो स्टाटस आइरहँदा सामाजिक संजालमा भने उनको यस्तो फैसलालाई नकारात्मक रुपमा लिइरहेका छन्

प्रतिक्रिया