यी महिला डाक्टर जसलाई मानिसहरु शंकाको दृष्टिले हेर्ने गर्छन्,आखिर किन ?

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : महिलाहरु आफुलाई आकर्षक बनाउनको लागि आफ्नो शरीरमा सामान्यतया एक वा दुई ट्याटु खोप्ने गर्दछन् । तर अष्ट्रेलियामा एउटी यस्ती महिला डाक्टर छिन जसले आफ्नो पुरै शरीरमा ट्याटु खोपाएकी छन्। एडिलेडको अस्पतालमा काम गर्ने ति डाक्टरको नाम सारा ग्रे हो। ३१ वर्षिया सारा ग्रे यस्तो डाक्टर हो, जसको नाम भन्दा बढी ट्याटु खोपाएको रेकर्ड छ ।

सारा ग्रेले पछिल्लो १५ वर्षदेखि शरीरको विभिन्न भागहरूमा ट्याटु खोपाउँदै आएकी छिन् । उनले पहिलो ट्याटु आफु १६ वर्षको हुँदा बनाएकी थिइन्। साराले अहिलेसम्म आफ्नो शरीरमा धेरै ट्याटु खोपाइसकेकी छिन्। यसका लागि उनले ३०० घण्टा समय दिइसकेकी छिन ।

सारालाई आफ्नो केवल दुई चीजको एक दम धेरै माया छ। पहिलो आर्ट हो र दोस्रो उनको चिकित्सा पेशा हो। सारा उनको शरीरमा बनाइएको ट्याटुलाई एक कलाको रूपमा लिन्छिन् र त्यसैले उनी सधैं ट्याटु खोपाउछिन ।

साराका पति म्याट ट्याटु कलाकार हुन् । उसको ट्याटु पार्लर पनि छ। साराको इन्स्टाग्राममा ६० हजार भन्दा बढी फ्लोवर्स छन्। सारा पेशाले डाक्टर हुन्। साथै उनी मोडलिङ्ग पनि गर्छिन।

सम्पूर्ण शरीरमा बनाईएका ट्याटुका कारण साराले केहि ठाउँमा समस्याहरूको सामना पनि गर्नु गर्यो। कहिले उनी रेस्टुराँबाट बाहिर निकालिईन भने धेरै मानिसहरूले उनलाई देखेर दुर्व्यसनी पनि सोच्ने गर्छन। ट्याटुकै कारण मानिसहरू उनलाई डाक्टर भएर पनि शंकाको दृष्टिले हेर्ने गर्छन् ।

प्रतिक्रिया