यी राशिका युवतीहरू हुन्छन् साह्रै आकर्षक

मनिषा थापा

ज्योतिषमा जम्मा १२ वटा राशि बताइएको छ। राशिअनुसार सबै महिला तथा पुरुषको स्वभाव एवं भविष्य फरकफरक हुन्छ। त्यसैगरी शरीरको बनोट, अनुहारको आकर्षण, कपालको रुखोपन वा कोमलपनजस्ता कुरामा समेत राशिको प्रभाव पर्छ । यहाँ तिनै राशिमध्ये तीन राशिका युवतीहरूको विषयमा ५-५ वटा जानकारी दिइएको छ जो राशिकै कारण सर्वाधिक आकर्षक हुन्छन्।

वृष राशि (ई, ऊ, ओ, वा, वी, वू, वे, वो)

यो राशिका युवतिहरूको व्यक्तित्व साह्रै आकर्षक हुन्छन। पहिलो भेटमै पुरुषहरू यी राशिका युवति प्रति आकर्षित हुन्छन्।

यो राशिका युवतिहरू मेहेनती हुन्छन्। यसै कारणले गर्दा आफू लागेको क्षेत्रमा सहजै लक्ष्य हासिल गर्छन्।

यिनीहरूको बोल्ने शैली एवं सुन्दरताले सबैको मन लोभ्याउन सक्छ ।

यिनीहरू सौन्दर्य एवं कलाप्रेमी हुन्छन् । कला क्षेत्रमा सजिलै सफलता हात पार्न सक्छन् । यिनीहरूको दिमागमा सदैव थुप्रै योजनाहरू बनिरहेका हुन्छन् ।
यो राशिका युवति तथा महिलाहरूको जीवनमा आरोह-अवरोहको स्थिति बनिरहन्छ ।

मिथुन राशि (का, की, कू, घ, ङ, छ, के, को, हा)

यो राशिका युवतिहरू झट्ट हेर्दा निकै सुन्दर तथा आकर्षक व्यक्तित्वका धनी हुन्छन् ।

यिनीहरूको स्वभाव पुरुषहरूलाई आकषिर्त गर्ने खालको हुन्छ ।
यिनीहरूको पुरुष साथी अधिक हुन्छन् । महिला मित्रहरू पनि कम हुँदैनन् ।

यो राशिका युवतिहरूमा अर्काको मनको कुरा बुझ्ने अलौकिक क्षमता हुन्छ । यिनीहरू बहुमुखी प्रतिभाका धनी तथा चलाखीपूर्ण तरिकाले काम गर्ने खालका हुन्छन् ।

यिनीहरू दिमाग लगाउनुपर्ने वा बुद्धिसँग सम्बन्धित काममा बढी सफल हुन्छन् ।
यो राशिका युवतिहरूले पत्रकार, लेखक तथा योजनाकारका रूपमा पहिचान बनाउन सक्छन् ।

वृश्चिक राशि (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

वृश्चिक राशिका युवतिहरूको स्वभाव, बानीबेहोरा एवं चलचलन आकर्षक हुन्छ । यिनीहरूमा अर्काको मनको कुरा थाहा पाउने क्षमता हुन्छ।

यो राशिका युवतिहरू हेर्दा बढी सुन्दर नभए तापनि यिनीहरूमा एक किसिमको फरक चुम्कीय आकर्षण हुन्छ।

यिनीहरूको कुराकानी गर्ने आफ्नै प्रकारको विशेष शैली हुन्छ । यो राशिका युवतिहरू बहादुर तर भावुक हुन्छन् ।

यिनीहरूको मस्तिष्क तीक्ष्ण हुन्छ । यिनीहरूलाई कसैले पनि सजिलै बेवकुफ बनाउन सक्दैन । यिनीहरू सदैव सफासुग्घर भएर रहन तथा अरूलाई उचित सल्लाह दिन अग्रसर हुन्छन्।

वृश्चिक राशिका युवतिहरू जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पूर्ण विश्वास योग्य हुन्छन् अर्थात् यिनीहरूले कुनै पनि जिम्मेवारी राम्रोसँग पूरा गर्छन् । यद्यपि यिनीहरू उच्च महत्वाकांक्षी तथा जिद्दी हुन्छन्।

प्रतिक्रिया