यी रेष्टुरेण्टमा पाइन्छ दीपिका डोसा र माधुरी दीक्षित परौठा

रिता घिसिंग

एजेन्सी : दीपिका पादुकोणको नाममा अमेरिकाको अस्टिन सहरस्थित एक रेष्टुरेण्टमा डोसा पाइन्छ । यस्तै करीना पिज्जा निकै चर्चित छ । हालै पूणेमा दीपिकाको नाममा पाइने परौठा पनि निकै चर्चित भयो । यतिमात्र होइन प्रियंका चोपडाको नाममा वेस्ट हलीउडको मिलियन्स अफ मिल्कशेक्स स्टोरमा मिल्क शेक पनि पाइन्छ ।

साउथ मुम्बईको एक होटलमा संजय दत्तको नाममा पनि डिश सर्व गरिन्छ । जसको नाम हो चिकन संजू बाबा । चेन्नईको न्यू नीला भवन रेष्टुरेष्टमा रजनीकांतको नाममा १२ प्रकारका परिकार पाइन्छ ।

बनारसमा शाहरुख खानको नाममा पान पाइन्छ । एक पटक शाहरुख खानले यही पसलबाट पान खाएका थिए । यसपछि यसपछि यो पसल निकै चर्चित भयो र पानको नाम नै शाहरुख खान पान राखियो जसको मुल्य भारु ३५ तोकियो ।

सलमानको नाममा एक पूरा रेष्टुरेण्टको नाम राखिएको छ । यहाँ उनको भूमिकाको नाममा परिकारहरु पाइन्छन् । जस्तै प्रेम डेजर्ट, चुलबुल भात । यस रेष्टुरेण्टको नाम भाईजान हो ।

चडीगढमा पनि रणबीर कपूरको नाममा स्पेशल चिकन पाइन्छ । फिल्म राजनीतिको प्रमोसनका क्रममा रणबीर एक पटक यस ढाबामा आएका थिए । यतिमात्र होइन सोनम कपूर दिलीप कुमार, अक्षय कुमारका नाममा पनि रेष्टुरेण्टमा परिकारहरु पाइन्छन् ।

एक यूजरले ट्वीटरमा रेष्टुरेण्टको मेनुको स्क्रीनशर्ट शेयर गरेका छन् । जसमा पूणेमा पाइने दीपिका पादुकोण परौठालाई हाइलाइट गरिएको छ ।
मेन्यूमा दीपिका पादुकोण परौठाको मुल्य ६०० रुपैयाँ राखिएको छ ।

यतिमात्र होइन सनी देओल परौठा, यूवराज सिंह परौठा, सचिन तेन्दुलकर परौठा, यो यो हनी सिंह परौठा, माधुरी दीक्षित परौठालगायतका परौठका प्रकार पाइन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू