यी विश्व चर्चित गायिकाले आफ्नै पिताविरुद्ध हालिन मुद्दा !

मनिषा थापा

एजेन्सी : आफ्नो आवाजको बलमा विश्वलाई नचाएकी ‘हलिउड सिंगर’ रिहाना आफ्नै बुवाको विरुद्ध अदालतमा पुगेकी छिन् । रिहानाले आफ्नो नाम प्रयोग गरेर फाइदा लिएको बुवामाथि आरोप लगाएकी छिन् ।

जानकारीका अनुसार रिहानाले आफ्नो बुवा र उनको व्यापार साझेदारविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । रिहानाको अनुसार उनलाई फेंटी इन्टरटेन्मेन्टको बारेमा गलत जानकारी पठाएर आफ्नो फाइदाका लागि बुवा र उनको व्यापार साझेदारले उनको नामको प्रयोग गरेका थिए ।

रिहानाले आफ्नो उजूरीमा फेंटी २०१२ देखि आफ्नो ट्रेडमार्क रहेको र त्यो कस्मेटिक र अन्य बस्तु उत्पादनका लागि २०१२ देखि आफूले प्रयोग गर्दै आएकी बताएकी छिन् । फेंटी इन्टरटेनमेन्टको शुरुवात २०१७ मा भएको थियो । रिहानाको अनुसार उनको बुवाले उनलाई जानकारी नदिई १ करोड पचाँस लाख डलरको १५ वटा शो बुक गर्ने प्रयास गरेका थिए ।

रिहानाको अनुसार उनले बुवालाई रोक्न धेरै प्रयास गरेकी थिइन् तर त्यसको बावजूद पनि उनले फेंटी इन्टरटेनमेन्टबाट लगातार पैसा कमाइरहेका थिए ।

रिहानाको सम्बन्ध उनको बुवासँग पहिले देखि नै तिक्ततापूर्ण रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू