यी शिशु कस्ता भाग्यमानी, ट्रेनको ट्रयाकमा परेर पनि बाच्न सफल भए (हेर्नुहोस मुटु काप्ने भिडियो)

रिता घिसिंग

पिएनपिखबर : सोमबार मथुरा जंक्शनमा मुटु काप्ने घटना घटेको छ। एक बर्षको कलिलो बालिका भीडको धक्काका कारण आमाको काखबाट उछिनेर सिधै रेलवे ट्रयाकमा झर्यो। बालिका झरेपछि उक्त ट्रयाक माथिबाट ट्रेन चल्यो। त्यहाँ उपस्थित मानिसहरु सबै ‘हरे कृष्णा-हरे कृष्णा’ भन्दै बच्चालाई केहि नहोस भनि प्राथना गरिरहेका थिए। अबोध बालिका ट्रयाकमा नै थियो। ट्रेन हिडिसकेपछि त्यहाँका मानिसले बालिकालाई उठाए। बालिकालाई एक घाउ पनि थिएन। त्यो देखेर त्यहाँ उपस्थित बृद्धाले हरे कृष्णा भन्दै भगवानलाई धन्यवाद दिए।

रेल स्टेसनमा बालिकाको आमा बुबा पनि ट्रेनमा चढ्न लागेका थिए। त्यहीबेला भीडमा कसैले बालिकाको आमाको प्याकेटमारले पर्स चोर्यो। पर्समा पैसाको साथै टिकट पनि थियो। त्यसपछि उनीहरु ट्रेनबाट झरे। उनीहरु पुलिसलाई उजुरी गर्न गइरहेका थिए। अचानक कसैले आमालाई धक्का दिए सोहि क्रममा आमाको काखमा रहेको बालिका उछिटिएर ट्रेनको ट्रयाकमा झर्यो।

बालिका झर्ने बित्तिकै ट्रेन बालिका माथिबाटै ट्रेन कुद्यो कसैले केहि गर्न सकेनन्। सबैको सास रोकियो। आमाले आफ्नो होस् नै गुमाएका थिए। ट्रेन हिडिसकेपछि बालिकालाई उठाए। बालिकालाई सुरक्षित देखेर सबैले भगवानलाई धन्यवाद दिए।
हेर्नुहोस मुटुकाप्ने भिडियो :

प्रतिक्रिया