यी हुन् नेपालसँग साईनो रहेका बलिउड कलाकारहरु..

मनिषा थापा

एजेन्सी : नेपालीहरुको बलिउडप्रतिको मोह निकै रहेको छ । जति बलिउडले नेपालप्रति लगाव गरेको छ । नेपाली गीत संगीत होस् या बलिउडका गीतसंगीत होस् दुवै क्षेत्रमा दर्शकहरु आकर्षित हुने गर्छन् ।

यस्तै नेपाली जगतलाई अजम्बरी बनाउँदै नेपाल देखि भारतमा समेत सेलिब्रेटी बनेका र नेपालसंग कुनै न कुनै सम्बन्ध रहेका बलिउड सेलिब्रेटीहरु थुप्रै रहेका छन् । ति हुन् माला सिन्हा, गोबिन्दा अहुजा, भारती सिंह, अहमद खान, श्रृति झा नेपालसँगको पारस्पारिक सम्बन्धमा रहेका छन्

यस्तो छ नेपालीहरुको बलिउडप्रतिको सम्बन्ध…

माला सिन्हा : बलिउडमा कुनै समयकी चर्चित रहेकी नायिका माला सिन्हा नेपाली हुन । उनको बुबा नेपाली क्रिश्चियन हुन् । माईती घर नामक चलचित्रमा काम गरेर बलिउडमा नै आफनो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुबै कमाईन् ।

गोबिन्दा अहुजा : बलिउडका चर्चित नायक गोबिन्दाले नेपाली मुलकी चेलीसँग विवाह गरेका छन् । उनी नेपालका ज्वाई हुन् । उनी हरेक कार्यक्रममा पुग्दा कोही नेपालीसँग भेटे नेपाल आफनो ससुराली घर भएको बताउँछन् ।

भारती सिंह : भारतको चर्चित कमेडीयन भारती सिंहमा पनि नेपालीकै रगत बगेको छ । उनको आमा पञ्जाबी थिईन भने बुबा नेपाली । थोरै नेपाली समेत बोल्न सक्ने भारती आफनो नेपालसँग गहिरो सम्बन्ध भएको बताउँछिन् ।

अहमद खान : बलिउडका चर्चित कोरियोग्राफर अहमद खानको पनि नेपालसंग साईनो रहेको छ । उनको बुबा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् । उनले धेरै पटक भारतीय च्यानल जि टिभीको कार्यक्रम डान्स इण्डिया डान्समार्फत आफनो आमा नेपाली भएको धेरै पटक बताईसकेका छन् ।

श्रृति झा : टेलिभिजनकी चर्चित अनुहार श्रृति झा लाई धेरैले नेपाली हो भनेर भन्ने गरेका छन् । वास्तवमा उनी नेपाली भने होईनन् । तर उनी आफनो परिवारको साथमा लामोसमय काठमाडौँ बसेकी थिईन् । बिहारमा जन्मिएकी श्रृतिले काठमाडौँमा मोर्डन इण्डियन स्कुलमा आफनो अध्ययन पुरा गरेकी हुन् । आफनो बाल्यकालनै नेपालमा बिताएको कारण उनी राम्रोसँग नेपाली बोल्न सक्छिन् । उनले जि टिभीको सिरियल कुमकुम भाग्य बाट बिषेश चर्चा कमाएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू