यी हुन् बिजुलीको गतिमा दौडिने ७ बर्षिय बालक, जसले दौडमा बनाए विश्व रेकर्ड (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : बिजुलीको गतिमा दौडिने यी बालकको संसारभर निकै चर्चा भइरहेको छ । निकै चर्चामा रहेका ७ वर्षका एक एथलिट हुन् । यी अमेरिकी बालक रुडोल्फले फ्लोरिडाको एएयु सिजनको दौरान विश्वरेकर्ड बनाएका छन् । सानो उमेरमा नै उनले १३मिनेट ४८ सेकेण्डमा १०० मिटर दौड पूरा गरेका छन् । उमेर समूहमा यो सबैभन्दा छिटो हो र नयाँ विश्वरेकर्ड हो ।

रुडोल्फ इन्ग्राम अमेरिकाको फ्लोरिडा राज्यको बे अफ टेम्पामा बस्ने यी बालकले दौडमा उसेन बोल्डको रेकर्ड तोड्न चाहेका छन् । उनी रुडोल्फ बोल्टको रेकर्डभन्दा ३मिनेट ९ सेकेण्ड पछाडि छन् । उनी जस्टिन गेटलिनको रेकर्डभन्दा ३ मिनेट ५६ सेकेण्ड पछाडि छन् । उसेन बोल्टले २००९ मा बर्लिन वर्लरड च्याम्पियनशिपमा ९ मिनेट ५८ सेकेण्डमा १०० मिटर दौड पूरा गरेका थिए ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया