यी हुन् संसार कै महँगा र सुविधायुक्त तीन घर

मनिषा थापा

एजेन्सी : सबै मानिसहरुको एउटा सपनाको घर हुन्छ जुन सुन्दर सबै सुविधाहरुले भरिपूर्ण होस भन्ने चाहन्छन् । तर, विश्वमा केही यस्ता भाग्यमानी मानिसहरु छन् जो धेरै नै भव्य र आलिसान घरमा बसिरहेका छन् । विश्वकै महङ्गा र सुविधायुक्त तीन घरहरु यस्ता छन्ः

भिल्ला लियोपोल्डा, भिल्लाफ्रान्से सुर मेर, फ्रान्स


मुल्यः७५० मिलियन डलर

यो घर बेल्जियमका राजा लियोपोल्डको नाममा नामाकरण गरिएको छ । यो विश्वकै सबैभन्दा ठूलो फ्रेन्च बङ्गलाको रुपमा चिनिन्छ । २० एकडमा क्षेत्रफलमा फैलिएको यो घरबाट मेडिटेरियन समुन्द्रको सुन्दर दृश्य देख्न सकिन्छ ।

अन्तालिया, मुम्बई, भारत


मुल्यः १बिलियन डलर
मुकेश अम्बानीले यो गगनचुम्बी भवन बनाउन १ अर्ब डलरभन्दा बढी खर्च गरेका छन् । यो घरमा छुट्टै हेल्थ फ्लोर, ६ तलाको अन्डरग्राउन्ड पार्किङ, र कैंयौ हेलिप्याडहरु छन् । यो घरको हेरविचारको लागि मात्रै ६०० जना स्टाफहरु राखिएका छन् ।

बकिङ्घम प्यालेस, लण्डन


मुल्यः १.५५ बिलियन डलर
विश्वकै सबैभन्दा महङ्गो घर बेलायतको राजदरबार बकिङ्घम प्लालेस हो । यो भवन सन् १७०३ मा निर्माण भएको थियो र यसमा जम्मा ७७५ वटा कोठाहरु छन् । यहाँ ५२ वटा बेडरुम, ७८ बाथरुम १९ स्टेट रुम छन् र २८० वटा रुमहरु भने अफिस र स्टाफ रुमको रुपमा प्रयोग गरिएको छ ।

प्रतिक्रिया