यी हुन् साउथ फिल्मका सुपरस्टार जसले दिन्छन् बलिउडका टप एक्टरहरुलाई कडा टक्कर !

मनिषा थापा

भक्तपुर : बलिउडमा साउथ सिनेमाको असर व्यापक देखिन्छ ।  साउथ फिल्मबाटै प्रभावित भएर साउथ फिल्मको रिमेक बनाएर बलिउडले आफ्नो खातामा सुपरहिट फिल्म हात पारेको छ । त्यस्तै साउथका अभिनेताको फ्यान फलोइङ्गको कुरा गर्ने हो भने बलिउड स्टारहरुको भन्दा  कुनै कम छैन।

साउथस्टारसँग सम्बन्धित हरेक कुरामा दर्शकहरुको ठुलो चाख रहेने गर्छ।  टलिउडका सुपरस्टारहरुमा महेश बाबु पनि बलिउडका स्टारभन्दा कुनै कम छैनन् । महेशका फिल्मले बक्स अफिसमा सुपरस्टार रजनीकांतलाई पनि टक्कर दिन्छ ।

महेश बाबू फिल्मी ब्याकग्राउण्ड परिवारबाट नभए पनि फिल्ममा आफ्नो कडा परिश्रम र सुन्दर लुक्का कारण आफ्नो छुट्टै पहिचान बनाएका छन् । अहिले उनको नाम टलिउडको सबैभन्दा बढी महँगा कलाकारमा गन्ती हुने गर्छ । महेशले एक फिल्मको नै  २५ करोड भन्दा बढी पारिश्रमिक लिन्छन् । महेश बाबुको सम्पति लगभग एक अर्ब ३३ करोड भारु रहेको बताइएको छ । महेश बाबुले बाल कलाकारको रुपमा कम्तीमा आठ वटा फिल्म खेलेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू