यी हुन निन्द्रा सम्बन्धी हामीमा रहेका भ्रम जसलाई त्याग्न विज्ञको सुझाव

मनिषा थापा

एजेन्सी : दिनभर कामको थकानलाई मेट्न रातको समयमा दिइने आराम हो निन्द्रा । तर निन्द्राको बारेमा हामीेले धेरै भ्रमहरु सिर्जना गरेका हुन्छौँ । जसले स्वास्थ्यमा नकारात्मक असर पर्ने विज्ञहरुको भनाइ छ । विशेषज्ञहरुको अनुसार सुताई र उठाइको गहिरो सम्बन्ध रहेको बताएका छन् । त्यसै मध्ये आज हामी तपाईहरुलाई हामीले हटाउनै पर्ने निन्द्रा सम्बन्धी केही भ्रमहरुको बारेमा जानकारी दिन गइरहेका छाैँ ।

१.वयस्कलाई पाँच घण्टा वा सोभन्दा कम सुते पुग्छः यदि आफुलाई फुर्तिलो, स्वस्थ, मानसिक रुपमा बलियो बनाउने हो भने दैनिक १० घण्टा सुत्नुपर्ने विज्ञहरुले बताएका छन् । कतिले भन्ने गर्छन् उमेर अनुसार पाँच देखि ६ घण्टा सुत्दा पुग्छ तर अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार ५ र ७ घण्टा सुत्दा शरिर स्वस्थ नहुने र मानसिक रुपमा बलियो नहुने बताएका छन् ।

लगातार पाँच देखि ७ घण्टा सम्म सुत्ने व्यक्तिको स्वास्थ्यमा समस्या आउने गर्छ । त्यस्ता व्यक्तिलाई हृदयसम्बन्धी रोगको कारण छिट्टै मृत्यु हुने गर्छ । विज्ञहरुको अनुसार थोरै समय सुत्दा रक्तचाप उच्च हुने, रोग प्रतिरोधी क्षमता कम हुने, तौल बढ्ने, यौनेच्छामा कमी, मुड परिवर्तन भइरहने, डिप्रेशन, मधुमेहको उच्च जोखिम, स्ट्रोक, दिमागी रोग र केही प्रकारको क्यान्सर हुने देखिएको बताए ।

२.निदाउने त हो, जहाँ र जहिले सुते पनि भइहाल्यो नि : केही व्यक्तिहरु कार, विमान, ट्रन चढ्ने बित्तिकै निदाउने गर्छन् । जहाँ निदाएपनि भइहाल्यो नी भन्ने बानी निन्द्रा नपाएको संकेत हो । पर्याप्त मात्रामा निन्द्रा पुगेन भने दिमागमा एडेनोसाइन नामको रसायन उत्पन्न हुने र दिनभर झुप्प झुप्प हुने गर्छ । यद्यपी यस्तो समयमा केही समय मात्रै आरामले निदाउन पायो भने आफैलाई फ्रेस भएको महसुस हुन्छ ।

३.तपाईंको दिमाग र शरीरले कम निन्द्रा बिस्तारै पचाउन सक्छ : पुर्ण रुपमा निन्द्रा पाउनको लागि चार चरण पार गर्नुपर्ने विज्ञहरुले बताएका छन् । पहिलो चरण कम सुत्ने, कम सुत्ने व्यक्ति वातावरण कम घुलमिल हुने गर्छन् । दोस्रो चरण धेरै जसो समय सुतेर बिताउने । तेस्रो सबैभन्दा गहिरो निन्द्रा चौथो चरण हो निन्द्रा र र्यापिड आई मुभमेन्ट स्लिप ।

४.घुर्ने बानी रिस उठ्दो भएपनि हानिकारक हुँदैन : सुतेको बेलामा घुर्ने बानीलाई स्लिप एप्निया भनिन्छ । यसलाई निन्द्रको विकारको रुपमा लिने गरिएको छ । जसले हृदयघात, दम, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, मृगौला रोगको सम्भावना बढाउने गर्छ । यस्तो समस्याले व्यक्तिलाई थकित गराउँछ । यस्ता व्यक्ति बारम्बार बिउँझिरहन्छन् । उनीहरु निदाउन पर्यन्त गरिरहेका हुन्छन् ।

५.राती सुत्नुअघि मद्यपान गर्दा मज्जाले निन्द्रा लाग्छ : सुत्नुभन्दा अगाडी मध्यपान गर्दा मिठो निन्द्रा त लाग्छ तर गहिरो निन्द्रमा पर्न दिँदैन् । रक्सी पिएर सुतेका व्यक्तिहरुमा उठ्दा अलस्यता बढी हुन्छ ।

६.निन्द्रा लागेन ? ओछ्यानमा पल्टिएर आँखा चिम्लनुहोस् र निदाउन प्रयत्न गर्नुहोस् : यो कुरा निकै अर्थपूर्ण छ । यद्यपी ओछ्यानमा पुगेर निदाउने प्रयत्न नै नगरि कसरी निदाउन सकिन्छ । निदाउने प्रयत्न गरेको १५ मिनेटमा निदाइसक्नुपर्छ ।

७.दिउँसो जतिबेला सुतेपनि फरक पर्दैन : यो बानीले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । समयमा नसुत्ने बानीको कारण हर्मोन, तापक्रम, खानपिन, पाचनक्रिया र सुत्ने–उठ्ने साइकल नियन्त्रण गर्छ । समयमा नसुत्ने र समय तालिका परिवर्तन गर्ने व्यक्तिमा मुटु रोग, अल्सर, डिप्रेशन, मोटोपना र केही प्रकारको क्यान्सरको अत्यधिक जोखिम हुन्छ ।

८.बेडमा टिभी हेरेर विश्राम लिनु राम्रो काइदा हो : हामी बेडमा पल्टने बित्तिकै मोबाइल, ल्याप्टप निकालने गर्छौ तपाईको यस्तो बानीले तपाईको निन्द्रालाई बिगार्छ । विद्युतिय उपकरणको निलो प्रकाशले दिमागलाई असर पुर्याउँछ । सुत्नुअघि टेलिभिजन र स्मार्ट फोनहरुबाट जोगिनुपर्छ । सुत्नु भन्दा दुई घण्टा अगाडी नै विद्युतिय उपकरणबाट टाढा बस्नुपर्छ । राती अबेरसम्म काम गर्नुपरे स्क्रिनको रंगलाई मेल खाने बनाउनुपर्छ ।

९.स्नूज दबाउनु राम्रो हो , अलार्म बज्ने बित्तिकै उठ्नु पर्दैन : बिहान उठ्ने बित्तिकै धेरैको बानी हुन्छ । स्नुज बटम दबाउने । यदि तपाईले यो बानीलाई त्याग्नु भएन भने तपाईको शरिरले पुर्ण निन्द्रा पाउँदैन् । अलार्म बज्ने साथ उठ्ने बानीले शरिर सिथिल हुन्छ ।

१०.सपना सम्झनु भनेको मिठो निन्द्राको संकेत हो : हामी राती सुतिसकेपछि अनेक सपना देख्छौँ । कतिपय सपनाहरु त पुरै यादगार हुन्छ । हामी त्यतिबेला निन्द्रामा हुन्छौँ । तर विज्ञहरुको अनुसार जसले सपना सम्झिरहेको हुन्छ । उनीहरुको मतिष्क सक्रिय हुने बताएका छन् । त्यस्ता व्यक्ति बारम्बार बिउँझिरहन्छन् । यदि हामी मज्जाले निदाएका छौँ भने सपनालाई सम्झिन सक्दैनौँ ।

प्रतिक्रिया