यी २ बर्षिय बालकले खाएको पपकोर्न फोक्सोमा पुगेपछि गर्नु पर्यो शल्यक्रिया

रिता घिसिंग

पिएनपिखबर : अमेरिकामा एक परिवारलाई पपकोर्नसंग फिल्मको मज्जा लिनु निकै खतरनाक साबित भएको छ।  पपकोर्न खाने बित्तिकै २ बर्षीय छोरालाई सास फेर्न गाह्रो हुन् थाल्छ। पहिले लाग्यो सायद घाँटी केहि फस्यो होला तर ज्वरो आउन थालेपछि अस्पताल पुर्यायो । तब डाक्टरले भने ६ ओटा मकै फोक्सोमा अट्केको छ। तब सबै जना चकित परे। 

कोलोराडोमा बस्ने निकोल र जैक आफ्नो ठुली छोरी र २ बर्षिय छोरा नैशसंगै पपकोर्न खादै घरमै फिल्म हेर्दै थिए। तर अचानक नैशलाई खोकी लाग्यो र सास फेर्न गाह्रो हुन् थाल्यो। परिवारलाई लाग्यो कि सायद घाँटीमा पपकोर्न फस्यो। उनीहरुले बालकलाई उल्टो सुताउन थाले। त्यसपछि बालक सामान्य भयो। केहि समयपछि बालकलाई उस्तै हुन् थाल्यो। स्थिति झन् बिग्रिन थाल्यो ज्वरो पनि आउन थाल्यो। तब आमाले उनलाई ज्वरोको औषधि दिएर सुताए। तर उनीहरुलाई रात बिताउन गाह्रो भयो। त्यसपछि बुबाले हस्पिटल पुर्याए। 

 

डाक्टरले भने कि बालकले खाएको मकै निलेको समयमा फोक्सोमा पुगेको छ । त्यस कारण फोक्सो सुन्नियो र बालकलाई निमोनिया भएको छ । डाक्टरले सर्जरी गरि सबै मकै निकालेपछि बच्चालाई अहिले निको हुदैछ। उनका परिवार भने यो घटना सामाजिक संजालमा शेयर गर्दै अरु अभिभावकलाई सतर्क गर्दैछन। 

 

 

 

प्रतिक्रिया