यी ८० बर्षिय आमा भन्छिन ‘मेरो नातीलाई जसरी मेरो शरीरलाई टुक्राटुक्रा पारेर पोको नपारियोस्’ (भिडियोसहित)

मनिषा थापा

पिएनपिखबर : सन् २०१९ सालमा जन्म थलो रामेछापबाट काठमाडौँ आउनु भएकी ८० बर्षिय ठुली राई। सुरुमा उनले भाडा माझ्ने काम गरेका थिए। आमाको अहिले एक जना छोरा र एक छोरी छन्। उनीहरु पनि आफ्नै जीवनयापनमा व्यस्त छन्। परौठा बेचेरै आफ्नो दैनिकी चलाउदै आएकी ८० वर्षको उमेरमा आराम गर्नु पर्ने बेला छोरालाई नै पाल्दै आउनु भएकी छिन।

८० बर्षिय आमा भन्छिन ‘दैनिक काम गर्दा दिक्क लागेर कहिले कहिँ ठेला बेचेर चुप बस्न मन लाग्छ तर फेरी पापी पेट पाल्न भनि दुख गर्छु। ‘ अरुको भरमा बस्न मन नपराउने आमा संघर्ष देखि डराउदैनन्। आमा दैनिक १३ घण्टा खट्छिन्। पुसको यस्तो जाडोमा उनि हरेक दिन बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म परौठा बेच्ने गर्छिन।

आमालाई एउटै पिर मर्ने बेला मेरो किरिया-को बस्छ भन्ने मात्र चिन्ता लाग्छ। अहिले मिडियादेखि धेरै खुसि छिन आमा। सामाजिक संजालमा हेरेको भिडियोको भरमा अहिले टाढा-टाढाबाट उनीकहा परौठा खान मानिसहरु आउने गर्छन। उनको यो मेहेनत देखि ग्राहकहरु पनि छक्क पर्छन। यस्तो जाडोको मौसममा चिसो नभनी काममा निरन्तर लागि परिरहन्छिन।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू