युट्युबमा अन्तर्वाता दिंदा यी भाइरल जोडीलाई आयो ज्यान मार्ने धम्की (भिडियो सहित्)

मनिषा थापा

पिएनपिखबर : होचा पुड्का संघका महासचिव लेखबहादुर मोक्तान र उपाध्यक्ष रुकमनी खड्काको गत साता भव्यरुपले विवाह सम्पन्न भएको थियो। यसरी सार्वजनिक स्थलमा छोटो कद भएको जोडीको विवाह भएको यो पहिलोपटक हो। अन्तरजातीय विवाह भए पनि परिवारका सदस्यहरु निकै खुशी छन्।

समाजका लागि एक उदारणीय विवाह रहेको कारण भाइरल भएका यी नवदम्पतिलाई हालै ज्यान मार्ने धम्की आएको छ। देश विदेशबाटै चर्चा परिचर्चा बटुलिरहेका लेखबहादुर यतिबेला निकै तनाबमा छन्। लेखबहादुर मोक्तान भन्छन्, ‘मैले एक अन्तर्वार्ता दिएपछि मलाई बखततेको बारेमा गलत नबोलदिनुहोला नत्र मदन भण्डारी र निर्मला पत्नको हत्या गरेको जस्तै गरी मार्छु भनेर कमेन्ट मै धम्की आयो।’ उनले थपे, ‘मैले अन्तर्वाताको क्रममा बखतलाई काठमाडौँमा टिकाएर जागिर र म्युजिक भिडियोमा लाने मै हु भनेको थियो जुन सत्य हो।’

उनको अनुसार, बखत पहिला उनीसँगै बस्ने गर्दथे। उनले भने, ‘बखते प्रेममा परेपछि आफुले नै अब मलाई पनि बिहे गर्नुपर्छ तिमी पनि अब कोठा खोज भनेको थिए। मैले बखतलाई बाबुआमाले अंशबण्डा गरिदिए हुन्थ्यो भनेर प्रसंग एक अनलाइन मिडियामा उठाएको थिए तर बखतले नै अरुलाई फोन गर्न लगाएर साइबर क्राइम गर्दिन्छु भनेर धम्की आयो।’

ज्यानको सुरक्षाका लागि अब आफु हनुमानढोकामा उजुरी दिन जाने उनले बताए । ”हामीहरुलाई डल्लाडल्ली भनेर पनि भनियो, धम्की दिनेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राख्ने छौ” ,उनले भने।

‘बखत भाईबाट अरुले फाइदा लिईरहेको छ। बखत भाइरल भएपछि उसको दिमाग अरुले नै भुटेको हुनसक्छ।’ ,रुकमनीले भनिन्। यी भाइरल नवदम्पति अहिले होचा पुड्का संघको आयोजनामा फागुन २१ र २२ गते हुन् लागेको राष्टिय सम्मेलनको तयारीमा व्यस्त छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू