युवा गायक तथा गीतकार सविन लामाको ‘धादिङ बेसी’ले चर्चा बटुल्दै

शर्मिला गुरुङ

काठमाडौँ, ८ असोज : युवा गायक तथा गीतकार ‘सविन लामाको फेरी अर्को नयाँ गीत सार्वजनिक भएको छ। गीतकार लामा स्वयमको स्वर र संगीत रहेको ‘धादिङ बेसी’ बोलको गीतको भिडियो हालसालै मात्र ओएसआर डिजिटल म्युजिक कम्पनीले बजारमा ल्याएको हो ।

यस अघि काठमाडौँ शहर, मेरो बदनाम,नेपाल जिन्दावाद, ओ माया तिमी कहाँ जस्ता थुप्रै गीतहरु बजारमा ल्याइसकेका गीतकार लामाको यस गीतले पनि बजारमा चर्चा बटुल्दै छ।  

एल्बम ‘सानो पाईला’मा समावेश गरिएको गीत मध्ये सार्वजनिक गीत ‘धादिङ्ग बेसी’ पनि एक हो। उक्त गीतमा कुमार बैरागीको शब्द, विनय कार्कीको संगीत सयोजन रहेको छ। ‘धादिङ्ग बेसी’ गीतको भिडियोमा निर्देशक शुशिल रेग्मीको निर्देशन र सागर गौतमको छायांकन रहेको छ भने भिडियोमा भावाना, विशाल र दीपेन्द्रको अभिनय हेरेर भरपुर मनोरञ्जन लिन सकिन्छ। 

गीतकार सविन लामाको ‘धादिङ्ग बेसी’ भिडियोमा हेर्नुहोस्

 

 

प्रतिक्रिया