यो कस्तो परिवर्तन ??

admin

ब्याकुल छन जनता गाउँ देखि सहरमा
ल्याए कस्तो परिवर्तन यो विदेशीको रहरमा

मासेर लोक धर्म संकृती अब बेच्दैछन देशै पनि
कलियुगका दानव यिनै हुन जन्मिए मानव बनी

लेखक : सरोज कार्की

शान्त थियो देश हाम्रो घर भित्रै आगो बल्यो
भाइभाइमा लडाएर आज राज यिन्कै चल्यो

यिन्कै लागि भनिकन लाखौ युवा भिडे
टाउकाको मुल्य तोक्ने सित नारिएर हिडे

बाम-बाम एकै भए मात्र उखान कै खेती
झोले यिन्कै झोला बोक्न किन गर्छन् मरिमेटी

बेकुफ हामी अझै पनि यस्ता कै पछि लाग्ने
धैर्यताले सिमा नाघ्यो अब बेला आयो जाग्ने

भबिस्य छैन सुनिश्चित यहाँ छोरा देखि नातिको
बोकौ देशको झन्डा अब छोडेर बेइमान पार्टीको

प्रतिक्रिया

सम्बन्धित समाचारहरू