रक्षाबन्धन विशेष : वर्षौ पछि बनेको छ यस्तो संयोग, यसरी गर्नुहोस पूजा

मनिषा थापा

पिएनपिखबर : यस वर्ष रक्षाबन्धन भोलि अर्थात बिहिबार परेको छ। रक्षाबन्धन जनै पुर्णिमाको दिन मनाईने गरिन्छ। यसपटकको पुर्णिमा निकै शुभ रहेको छ किनभने रक्षाबन्धन भन्दा अघि नै देबगुरु वृहस्पति मार्गी भईरहेको छ जसकारण राखी जुनसुकै मुर्हतमा बाध्न सकिन्छ।

सबै दिदीबहिनीले आफ्नो दाजुभाईलाई विहान देखि रातीको समयसम्मै राखी बाध्न सकिनेछ। भोलिको दिन श्रवण, सौभग्य योग, बव करण र मकर राशिको चंद्रमालाई साक्क्षी राखेर रक्षाबंधनको पावन पर्व मनाईने गरिन्छ। हरेक वर्ष रक्षाबंधनको दिन पन्चकको छाया रहने गर्छ तर यसपटक भने पन्चकले केहि नकारात्मक प्रभाव पार्ने छैन।

श्रवण नक्षत्रमा भगवान श्रवणको पूजा गर्नु निकै फलदायी मानिन्छ। यस दिन आटाले भुईमा पूजेर सानो माटोको भाँडो स्थापना गर्नुहोस। एक थालीमा अक्षेता, अविर, मिठाई, घ्युको दियो र राखी राख्नुहोस। त्यसपछि भाईलाई पुर्वको दिशामा बसाएर टिका लगाई दाहिने हातमा राखी बाध्नुहोस।

राखी बाधेपछि आफुभन्दा सानो भाई भएमा आशिर्वाद दिने र आफुभन्दा ठुलो दाई हो भने आशिर्वाद लिने गर्नुपर्छ।

प्रतिक्रिया