रक्सिको नशामा आफ्नै आमाले गरिन ८ महिनाको छोरामाथि चक्कु प्रहार !

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  धरुसको दक्षिण पश्चिमी इलाकामा रहने एक महिलाले रक्सीको नशामा आफ्नै छोरालाई चक्कु प्रहार गरेकी छिन्। खबरअनुसार, एडलिना कारिनसोवा नामक महिलाले आफ्नो आठ महिनाको छोरामाथि छुरीले हमला गरेकी हुन्। तर बच्चाको ज्यान भने बचेको छ। पुलिसले जब महिलालाई गिरफ्तार गरेर घटना बारे सोधपुछ गर्दा यस्तो कुरा बताईनकी पुलिस नै चकित भए।

ती महिलाले बयान अनुसार, एडलिना आफ्नो प्रेमी र एक अन्य महिलासाथीसंग रक्सि खादै थिइन्। यसै बीच तीन जना नै भान्छाघरमा थिए। कुनै कुरालाई लिएर उसले आफ्नो प्रेमीसँग झगडा गरिन। दुबैको झगडाको स्वर सुनेर ८ महिनाको त्यो बच्चा ठुलो-ठुलो आवाज निकालेर रुन थाल्यो।

त्यस पछि रक्सिको नशामा चुर एड्लिनाले भुलिन कि त्यो उसकै सन्तान हो भनेर। उसले आफ्नै सन्तानको रोको आवाज सुन्न नसकेर छोराको गर्दन र पेटमा पटक-पटक महिलाले चक्कु प्रहार गरिन।

एडलिनाको महिला साथीले बच्चालाई त्यसपछि उनीबाट खोसिन र पुलिस र एम्बुलेन्स दुबैलाई फोन गरिन। बच्चाको ज्यान त बच्यो तर गर्दन र पेटमा गहिरो घाउ छ। एडलिनाको विरुद्ध हत्याको प्रयास गरिएको कारवाही चलिरहेको छ।

प्रतिक्रिया