रक्सिको लतका कारण आमा अस्पतालमा भर्ति, ६ बर्षिय छोरीले भिख माग्दै गराई रहेकी छिन उपचार

रिता घिसिंग

पिएनपिखबर : प्राय आमाले नै आफ्नो बालबच्चाको स्याहारसुसार गर्ने गर्छन। तर यहा ६ बर्षिय बालिका भाग्यश्री भिख मागेर आफ्नो आमाको पेट पाल्न बाध्य छिन। उनकी आमा दुर्गम्मा रक्सिको लतका कारण अस्पतालमा भर्ति भएका छन्। बुबाले दोश्रो बिबाह गरेर आमा छोरीलाई बिचल्ली छोडेका थिए। यसैमा बिरामी आमाको हेरचाह गर्ने जिम्मा नाबालिकाको काँधमा आइ पर्यो।

६ बर्षिय भाग्यश्रीलाइ देखेर सबै जना हैरान हुने गर्छन। एक हप्ता देखि उनले अस्पताल परिसरमा भिख मागेर पैसा जुटाउदै आएकी छिन। उनि आफ्नो हातले आमालाई खाना खुवाउने र सरसफाई समेत गर्ने गर्छिन।

मानिसहरुले यी नाबालिकाको कहानी अस्पताल प्रशासन कहाँ पुर्याए। त्यसपछि चीफ मिनिस्टर ऑफिसले दुर्गम्माको उपचार गर्नुको साथै भाग्यश्रीलाई स्कुल पठाउने ब्यबस्था गर्न महिला तथा बाल विकास बिभागलाई निर्देशन दिएका छन्। दुर्गम्मा काराटगी सिद्धापुरामा बस्छन। उनकी छोरी भाग्यश्री कक्षा ४ मा पढ्छिन। प्रशासनले आमाको उपचार गर्नुका साथै बालिकालाई स्कुल लैजाने व्यवस्था गर्दैछन।

प्रतिक्रिया