रक्सीले मात्तिएको बेला ट्वाइलेट जाँदा महिलाको भयो यस्तो हाल, बोलाउनुपर्यो उद्धार टोली (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : चीनमा एक महिलाको ट्वाइलेटमा खुट्टा अड्किएको भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । ती महिलाले आफु समालिन नसक्नेसम्म मदिरा पिएकी थिइन् ।

जब उनी ट्वाइलेट गइन् त्यहाँ एशियन स्टाइलको ट्वाइलेटमा उनको खुट्टा फस्यो । सुरुमा ती युवतीले खुट्टा निकाल्ने निकै कोसिस गरिन् तर असफल भइन् । अन्त्यमा फायरफाइटर्स टिमले महिलाको उद्धार गरे ।

स्रोतका अनुसार बिहान करिब साढे ३ बजेतिर महिलाको परिवारले इमरजेन्सीमा फोन गरेर सहयोग मागेका थिए । भिडियोमा उद्धार टोली पुग्दा ती महिला डाँको छोडेर रोइरहेको र उनको दायाँ खुट्टा ट्वाइलेटमा फसेको देखिन्छ।

सुरुमा फयरफाइटरले महिलाको खुट्टामा शेम्पु र बढी वाश लगाएर निकाल्ने कोसिस गरे तर यसरी सफल नभएपछि उनीहरुले ट्वाइलेट नै भत्काएर उनको खुट्टा बाहिर निकालेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया