रणवीरको फिल्म ‘सिम्बा’ले बनायो नयाँ रेकर्ड

मनिषा थापा

फिल्म ‘सिम्बा’ले बलिउडमा नयाँ रेकर्ड बनाउन सफल भएको छ । बलिउडमा एकपछि गर्दै अर्को हिट फिल्म दिएका रणवीर सिंहको यस फिल्मले २२७ करोडको आकँडा पार गरेको छ ।

यो फिल्मले शाहरुख खानको फिल्म चेन्नई एक्सप्रेसलाई पछि पारेको छ । रोहिट सेट्टीले नै निर्देशन गरेको फिल्म चेन्नइ एक्सप्रेसले रेकर्ड ब्रेकिङ कमाइ गरेको थियो । तर, उनकै फिल्मले त्यो रेकर्ड तोड्न सफल भएको छ ।

लगातार आठ फिल्मले १०० करोडको आकँडा पार गरेपछि रोहित सेट्टी बलिउडका सबैभन्दा डिमाण्डवाला निर्देशक बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू